|

सुर्खेत : वीरेन्द्रनगर सुर्खेतमा टिपरको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएपछि सुर्खेत तनावग्रस्त भएको छ।

सुर्खेत जुम्ला राजमार्गअन्तर्गत वीरेन्द्रनगर ४ गौतम चोकमा भएको दुर्घटनामा कालिकोट महाबै गाउँपालिका-३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको मृत्यु भएको हो। टिपरले ठक्कर दिएपछि उनलाई २० मिटरसम्म घिसारेको मारेको प्रत्यक्षदर्शीले बताएका छन्। भे. १ ख २२४२ नम्बरको टिपरले भे. ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

मृतकका आफन्तले सुर्खेत जुम्लारोडमा एरीचौक र गौतम चौकलगायतका ठाँउमा टायर बालेर प्रदर्शन गरेका छन्।  मृतकका आफन्तले यरिचौक र गौतम चौकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। मृतकको शव अहिलेसम्म उठाइएको छैन्। 

टिपर चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रदर्शनका कारण जनजीवन प्रभावित भएको छ। पेट्रोलपम्पहरू  प्रायः बन्द अवस्थामा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.