|

चितवन : सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरका एक कर्मचारी मंगलबार पक्राउ परेका छन्।

कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई १० हजार घुससहित अख्तियारले पक्राउ गरिएकाको हो। अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको टोलीले कार्यकक्षमा घुससहित उनलाई नियन्त्रणमा लिएको अयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए। अधिकारीलाई हेटौँडा लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.