महिला सहभागिता वृद्धि मुख्य एजेण्डा

|

काठमाडौँः निवर्तमा उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पार्टीभित्र समावेशी एजेन्डाको खडेरी परेको बताएकी छन्। 

बुधबारबाट सुरु भएको नेकपाको केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले पार्टीभित्र समावेशी सिद्धान्त अलपत्र परेको बताएकी हुन्। 

सत्ताधारी दलको सचिवाल, स्थायी समिती र केन्द्रीय कमिटीमा समेत महिला महभागिता न्यून भएकाले उनले नेकपाभित्र समावेशी सिद्धान्त अलपत्र परेको बताएकी हुन्। नेकपाको ४ सय ४१ को केन्द्रीय कमिटीमा समेत महिला सहभागिता न्यून रहेको छ। 

कानुन निर्माण गर्ने सत्ताधारी दलले नै संविधानको मर्म अनुसार काम गर्न नकसको औल्याइन्। ‘पाटीभित्र महिला सहभागिता कम छ, त्यो हामीले महसुस गरेको कुरा नै हो। त्यसैले महिला सहभागिता वृद्धि गर्ने अहिलेको मुख्य एजेन्डा बनेको छ’, उनले भनिन्। 

पार्टीको नेतृत्व तहमा महिला सहभागिता बढाउने बिषयमा पार्टी सजग भएको उनले प्रष्ट्याइन्। 

४५ जनाको स्थायी कमिटीमा पनि दुईजना मात्रै महिला सहभागी छन्। ९ जनाको सचिवालय सदस्यमा महिलाको सहभागिता नै छैन। 

स्थायी कमिटीको बैठकमा पनि अष्टलक्ष्मी शाक्य र पम्फा भूसालले महिला सहभागिताको बिषय चर्को रुपमा उठाएका छन्। 

उनीहरुले सत्तारुढ दलको शीर्ष नेताहरुमा पुरुष मात्रै सचिवालय बैठक बस्दा लाजमर्दो भएको प्रतिक्रिया समेत दिएका थिए। बैठकमा उनीहरुले संयुक्त रुपमा पार्टीको तल्लो तहबाट माथिल्लो तहसम्म महिला उपाध्यक्ष राख्ने प्रस्ताव गरेका थिए। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नेतृत्वतहबाट तल्लो तहसम्म महिला उपाध्यक्ष राख्ने कुरा अहिले असम्भव भएको र त्यसबिषयमा पछि निर्णय लिने जनाएका थिए। त्यस्तै, सचिवालय सदस्यको बिषयमा पनि पार्टीभित्र व्यापक विरोध भइराखेको हुनाले त्यसबिषयमा नेकपा अनिर्णित बनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.