|

काठमाडौं : अहिलेसम्मकै खतरनाक मानिएको कोरोना भाइरससँग लड्न चीनले दुई दिनमै एक हजार शय्याको अस्पताल निर्माण गरेको छ।

देशकै पहिलो अस्पताल चीनले केबल दुई दिनमै निर्माण पूरा गरेर सञ्चालनमा ल्याएको हो। चीनले दोस्रो अस्पताल पनि १० दिनभित्र निर्माण सक्ने गरी काम भइरहेको छ। 

चीनको वुहान सहर नजिकै केबल २ दिनमै १ हजार शय्याको इमरजेन्सी वार्डसहितको अस्पताल तयार गरेर सञ्चालनमा ल्याइएको हो।

समाचार अनुसार यो अस्पतालमा डबै माउन्टेन क्षेत्री मेडिकल सेन्टरका बिरामीहरुलाई सारिएको छ। यो अस्पताल केबल ४८ घण्टामै तयार गर्ने क्रममा सयौँ डोजरका साथमा ५ सय भन्दा धेरै मजदुर एकसाथ खटिएका थिए। यहाँ बुधबार बिहान साढे १० बजेदेखि उपचार नै थालिएको छ। 

शुक्रबारसम्म पूरै खाली रहेको यहाँको भवनलाई रातारात अस्पतालमा परिणत गरिएको हो। सोमबार आदेश आउनेबित्तिकै काममा उत्रिएका मजदुरले पानी, बिजुली र इन्टरनेट एकै रातमा जोडिसकेका थिए। त्यसैगरी बिरामीका लागि बेडदेखि उपचारमा चाहिने आइसोलेसन वार्ड पनि रातारात तयार गरिएको छ। 

वुहान सहरका अधिकारीहरुले कोरोना भाइरसको आतंकसँग जुध्न चिनियाँ नयाँ वर्षको बिदाकै बीचमा सोमबार चारवटा कम्पनीलाई यस कामको जिम्मा दिएका थिए। 

यो अस्पताल वुहान सहर नजिकै हुवाङजु जिल्लामा रहेको छ। यसलाई हुवाङगाङ केन्द्रीय अस्पतालको शाखाकारुपमा परिचय दिइएको छ। यो अस्पताल आगामी मेसम्ममा सञ्चालनमा आउनेछ। 

चीनको वुहानमा सबैभन्दा धेरै कोरोना भाइरसका बिरामी भेटिएका छन्। त्यहाँसहित विश्वभर हालसम्म १३२ जनाले यो भाइरसबाट ज्यान गुमाइसकेका छन्। विश्वभर अहिलेसम्म प्रभावितको संख्या ४५ सय नाघिसकेको छ। 

कोरोना भाइर चीनका अलावा नेपालसहित कयौँ देशमा फैलिसकेको छ। समाचार अनुसार थाइल्यान्डमा सातजना, जापानमा तीनजना, दक्षिण कोरियामा तीनजाना, अमेरिकामा तीनजन, भियतनाममा दुई, सिंगापुर चार, मलेसियामा तीन, नेपालमा एक, फ्रान्समा तीन, अस्ट्रेलियामा चार र श्रीलंकामा एकजना बिरामी भेटिइसकेका छन्। 

कोरोना भाइरस चीनको राजधानी बेइजिङसम्म पनि पुगेको छ। त्यहाँ बुधबार एकजनाको ज्यान गएको छ। बेइजिङ र संघाईमा एक एकजनाको ज्यान गएको हो। बेइजिङमा ८ जना भन्दा धेरै बिरामी भेटिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.