|
फाइल तस्बिर

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबलाई ३-० ले हराएको छ।

बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले संकटामाथि सहज जित निकाल्दै तीन अंक जोडेको छ। मनाङका लागि अन्जन विष्टले ४३ औं मिनेट र निशान लिम्बुले खेलको ७१ औं मिनेटमा गोल गरे।

पहिलो गोल भने मनाङले उपहार पाएको थियो। ४२ औं मिनेटमा अमित तामाङको आत्मघाति गोलबाट मनाङले सुरुवाती अग्रता लिएको थियो। ९ औं चरणसम्म अपराजित रहेको मनाङले १९ अंक जोडेको छ।

लिगमा अपराजित रहेको मनाङ लिग तालिकामा भने तेस्रो स्थानमा यथावत रहेको छ। मछिन्द्रसँग अंक बराबरी भए पनि गोल अन्तरका आधारमा मनाङ तेस्रोमा कायम रहेको हो। शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको २० अंक छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.