|

जर्मनीमा जन्मेका राजनीतिक दार्शनिक कार्ल मार्क्सले साम्यवादको परिकल्पना गरे। तर त्यो साम्यवाद उनको देशमा कहिल्यै आएन। बरु त्यहाँ हिट्लर जस्ता तानाशाहको जन्म भयो। मार्क्सको जन्ममूमिमै विस्थापित भएको साम्यवाद विश्वका अन्य भागमा कार्यान्वयन गराउन सकिन्छ कि भनी कार्ल मार्क्स विश्वका अन्य मुलुक चहार्न लागे। उनले पहिलो नजर रूसतिर लगाए। साम्यवाद रूसमा फिट गर्न लेलिनसँग अनुरोध गरे। लेलिनले रूसमा साम्यवाद स्थापना गर्ने प्रयास त गरे, तर प्रयास गर्दागर्दै उनी यस संसारबाटै बिदा भए। मार्क्सपछि एङ्गेल्स, स्टालिन, ख्रुस्चेभ पनि साम्यवाद स्थापनामा असफल भए। रूसले साम्यवादको सपना देख्दादेख्दै अन्ततः कालान्तरमा आफैँ नै टुक्रियो। यसपछि मार्क्सले रूसमा साम्यवादको सपना देख्न छाडे।

साम्यवादको प्रयास गर्दागर्दै उनी पनि यस संसारबाट बिदा भए। चीन देङ साउ पिङतिर आइपुग्दा त साम्यवादी हुनु त कता हो कता, उल्टो अमेरिकी पूँजीवादतिर पो ढल्कन थाल्यो। मार्क्सको साम्यवाद त्यता पनि फेल खायो।

निराश भएर बसिरहेकै बेला मार्क्सलाई कसैले भन्दियो- 'तिम्रो साम्यवादको लागि उर्वर भूमि त नेपाल हो, जहाँ पछिल्लो समय कम्युनिष्टहरूको जगजगी छ। कम्युनिष्टहरू बहुमतमा छन्। त्यहाँ पुष्पलालपथ छ, जबज छ, प्रचण्डपथ छ। त्यस्तो ठाउँमा पो साम्यवाद लागू हुन्छ त।'

रूसमा आफ्नो साम्यवाद असफल भएपछि मार्क्स लागे, चीनतिर। उनले त्यहाँ माओत्सेतुङलाई भेटे। माओले मार्क्सलाई जसरी पनि चीनमा साम्यवाद स्थापना गरेरै छाड्ने अश्वासन दिए। तर चीनमा माओत्सेतुङसँग पनि साम्यवादको सामीप्य भएन। साम्यवादको प्रयास गर्दागर्दै उनी पनि यस संसारबाट बिदा भए। चीन देङ साउ पिङतिर आइपुग्दा त साम्यवादी हुनु त कता हो कता, उल्टो अमेरिकी पूँजीवादतिर पो ढल्कन थाल्यो। मार्क्सको साम्यवाद त्यता पनि फेल खायो।

चीन जस्तो ठूलो मुलुकमा पनि फेल खाएपछि मार्क्स साम्यवाद बोकेर पोल्याण्ड, रुमानिया, उत्तर कोरिया, पेरु, क्यूवा, भियतनाम, लाओस जस्ता मुलुकहरू चहार्न थाले, तर त्यहाँ पनि उनको साम्यवादले उचित स्थान नपाउने देखियो। दिन प्रतिदिन कम्युनिष्टहरू विश्वबाटै पलायन हुँदै गरेकोले अब उनको साम्यवादले विश्वमा कतै पनि ठाउँ नपाउने देखेर मार्क्स निराश भए।

निराश भएर बसिरहेकै बेला मार्क्सलाई कसैले भन्दियो- 'तिम्रो साम्यवादको लागि उर्वर भूमि त नेपाल हो, जहाँ पछिल्लो समय कम्युनिष्टहरूको जगजगी छ। कम्युनिष्टहरू बहुमतमा छन्। त्यहाँ पुष्पलालपथ छ, जबज छ, प्रचण्डपथ छ। त्यस्तो ठाउँमा पो साम्यवाद लागू हुन्छ त।' तब मार्क्सले यसो विचार गरे, अन्तिम प्रयास किन नगर्ने त! मार्क्स आफ्ना लामा फुलेका दारी मुसार्दै नेपालतिर लागे।

मार्क्स नेपालको साम्यवाद हेर्न सोझै सिंहदरबार छिरे। तर त्यहाँ केको साम्यवाद हुनु! त्यहाँ त मालिकहरू मालिक नै रहेछन्, सेवक सेवक नै। परिवर्तन मात्र हिजोका सेवक आज मालिक भएछन्, अनि हिजोका सेवकका ठाउँमा चाहिँ नयाँनयाँ सेवक आएछन्। सिंहदरबारमा मान्छे परिवर्तन त भएछन्, तर समानता भन्ने कुराको कतै 'स' पनि रहेनछ।

मालिक र सेवक भएको ठाउँमा साम्यवादको आशा गर्नु सहारा मरुभूमिमा पानी खोज्नुजत्तिकै हो। त्यसैले अन्त कुनै कार्यालयतिर पो साम्यवाद छ कि भनेर मार्क्स शीतल-निवास, बालुवाटार, रामशाहपथ, बानेश्वरलगायतका सबै ठूला कार्यालयतिर चहार्न थाले। तर कतै पनि साम्यवाद भेटिएन। अन्ततः निराश भएर मार्क्स बाटोमा भौतारिँदै थिए, एक बेरोजगार वटुवाले भन्यो- 'ए मार्क्स! तिमी कस्तो मूर्ख, साम्यवाद पनि दिउँसो खोजेर पाइन्छ? राती खोज न अनि पो पाइन्छ।'

'ए, हो कि त' भन्दै मार्क्स फेरि राती साम्यवाद खोज्न निस्के। फेरि सिंहदरबार पुगे। दिउँसो चहारेका अरू सबै कार्यालय पनि चहार्न लागे। सुनसान रातमा ती सरकारी कार्यालयमा मान्छे कोही थिएन। त्यस्तो सुनसानमा जहाँ मान्छे नै छैन, त्यहाँ केको साम्यवाद हुनु! बरु साम्यवाद होइन, शून्यवाद जस्तो लाग्यो। सिंहदरबार घेरेर बसेका एक जना सुरक्षाकर्मीलाई मार्क्सले सोधे- 'यहाँ राती साम्यवाद हुन्छ भन्थे, म त शून्यशिवाय केही देख्दिन त!'

सिंहदरबार घेर्ने सुरक्षाकर्मीले रिसाउँदै भन्यो- 'यहाँ केको साम्यवाद? यहाँ त हरेक दिन ठूलाबडा छिर्छन्। हामीलाई स्यालुट हान्दाको हैरान हुन्छ। त्यसैले मार्क्स महोदय, साम्यवाद खोज्ने भए यता होइन, पाँचतारे होटलका कक्टेल डिनरतिर जानुस्।'

 

अर्को टेबुलको हाकिम नं. २ मा नशासुरमा आफ्नो कार्यालयको सहयोगीलाई भन्दै थियो- 'मेरो सब कार्यालय तिम्रो जिम्मामा छ। म मन्त्रीलाई विश्वास गर्दिनँ, तर तिमीलाई विश्वास गर्छु किनकि तिमीलाई मेरो आन्द्राभुँडी थाहा छ। त्यसैले बुझ्यौ, मेरो कार्यालयको म बोस होइन, तिमी हौ।'

मार्क्स अन्तिम प्रयासमा पाँचतारे होटलतिर लम्किए। होटलमा कक्टेल डिनर चलिरहेको रहेछ। उनले त्यहाँ दिउँसो सिंहदरबारमा भेटेका मालिक र सेवक एउटै टेबलमा देखे। कक्टेल पार्टी सिंहदरबारमा जस्ता कसैका कुर्सी ठूला, कसैका कुर्सी साना थिएनन्। सबैका कुर्सी समान थिए। सबका हातमा उस्तै गिलास थिए। सबैका लागि मदहोस वातावरण थियो। मालिक/सेवक सबै एउटै प्लेटबाट स्न्याक्स लिँदै थिए। राती भए पनि मालिकदेखि सेवकसम्म सबैको अनुहारमा उषा चढे झैँ लाग्थ्यो।

दिउँसोको सेवक दिउँसोको हाकिमलाई पार्टीमा अँगालो मारेर भन्दै थियो- "अरे सचिवज्यू! तपाईँलाई त मैले मेरो पार्टीलाई भनेर हाम्रो मन्त्रालयमा सरुवा गरेर ल्याएको।'

'त्यसैले त मैले तपाईँको संगठनको सल्लाहमा मन्त्रालय चलाइरहेको छु नि!', हाकिम पनि भन्दै थियो। मार्क्सलाई लाग्यो, 'मन्त्रालय सेवकले चलाउने। भनेपछि यो पो त साम्यवाद!'

अर्को टेबुलको हाकिम नं. २ मा नशासुरमा आफ्नो कार्यालयको सहयोगीलाई भन्दै थियो- 'मेरो सब कार्यालय तिम्रो जिम्मामा छ। म मन्त्रीलाई विश्वास गर्दिनँ, तर तिमीलाई विश्वास गर्छु किनकि तिमीलाई मेरो आन्द्राभुँडी थाहा छ। त्यसैले बुझ्यौ, मेरो कार्यालयको म बोस होइन, तिमी हौ।' अर्को कुनामा मन्त्रीको हालत पनि त्यस्तै थियो। उनी आफ्ना कार्यकर्तासँग आफ्नो आन्द्राभूँडी खोलिरहेका थिए।

जति ककटेल थपिँदै गयो, उतिउति एकअर्काबीच समानता बढ्दै गयो। रात छिप्पिँदै जाँदा बेहोसीको तालमा एउटाको गिलास अर्काले उठाएर खाइरहेका थिए। हाकिमले सेवकहरूलाई अँगालो हालिरहेका थिए। महिला र पुरुषबीच पनि खासै दूरी थिएन। जति रात छिप्पिँदै थियो, उति साम्यवाद चर्को हुँदै थियो।

मार्क्स एक कुनामा बसेर हेरिरहेका थिए। मालिक र सेवकबीचको समानता जस्तो देखे। नारी-पुरुषबीचको समानता देखे, ठूला-सानाबीचको समानता देखे। सोमरसले सबैलाई समान हैसियतमा पुर्‍याएको थियो। मार्क्सलाई एकछिन त अचम्म पनि लाग्यो। 'अन्यत्र नभएको साम्यवाद यहाँ कसरी भयो? कतै मैले सपना त देखिनँ?' मार्क्सले आफैँले आफैँलाई चिमोटे। अहँ, त्यो सपना थिएन, विपना नै थियो।

जति ककटेल थपिँदै गयो, उतिउति एकअर्काबीच समानता बढ्दै गयो। रात छिप्पिँदै जाँदा बेहोसीको तालमा एउटाको गिलास अर्काले उठाएर खाइरहेका थिए। हाकिमले सेवकहरूलाई अँगालो हालिरहेका थिए। महिला र पुरुषबीच पनि खासै दूरी थिएन। जति रात छिप्पिँदै थियो, उति साम्यवाद चर्को हुँदै थियो। साम्यवादको सीमा जतिजति बढ्दै जान्थ्यो, कार्ल मार्क्सको अनुहारमा त्यतित्यति मुस्कान भरिँदै थियो। कार्ल मार्क्सको मनले भन्दै थियो, जय नेपाली साम्यवाद ! धन्य मेरो दर्शन !

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.