|

कृष्ण र सुदामाबीच छिमेकी र मित्रताको नाताको हिसाब-किताब गर्ने हो भने मोहियानी हक पाकिसकेको छ, अर्थात सहयात्रा, सम्बन्ध, सरसहयोग, आपसी ऐँचोपैँचोको इतिहास निकै पुरानै भइसकेको छ। ज्यान लुकाउने वा सुरक्षित राख्ने भौतिक टहरा, साँध-सिमानाबीच आपसमा कुनै द्वन्द्व छैन, मनमुटाव छैन, मनोमालिन्य छैन। एउटालाई चिसोले हिर्काउँदा दुवै काम्दथे, पीडाले ङ्याक्दा दुवै चिच्याउथे। विरह वेदना, पीर, व्यथा, सञ्चो-विसञ्चो, आराम-बिराम, हाँसो, खुसी सबै नै आपसमा भाग लाग्थ्यो। लेनदेन, सरसापट, सर-सहयोग जस्ता सबै शब्द व्यवहारमा जीवितै थिए। गरिबीले दुवैलाई नराम्ररी हेपेको थियो, वैभता छेउछाउ परेको थिएन। अभाव, पीडा, गरिबी स्थायी मित्र थिए तर पनि दुवै परिवारमा स्तर वा हैसियतअनुसारको हाँसोखुसी/आनन्दको खडेरी झ्याङ्गिन पाएको थिएन।

सम्बन्ध जोडजाड गर्नु त कल्पना भन्दा पनि अलि पर्तिर वा वीरवलको खिचडी जस्तै बन्न पुग्यो। अन्तर्राष्ट्रियदेखि राष्ट्रिय रूपमा मूल र सहायक शास्त्रहरू कोरिएका थिए, जहाँ दुवै परिवार वैभवताको वरिपरि थिए/छन् पनि र हुने पनि होलान्! ती शास्त्रको हिसाब-किताबअनुसार उनीहरूको भाग्यमा उज्यालै उज्यालो फलेको छ।

जिन्दगीको रथ चलेकै थियो। समय-समयमा उनीहरूकै नाममा आइरहने परिवर्तन र उपलब्धिले दुवै परिवारसँग भेटघाटसम्म पनि अस्वीकार गर्दै आए। सम्बन्ध जोडजाड गर्नु त कल्पना भन्दा पनि अलि पर्तिर वा वीरवलको खिचडी जस्तै बन्न पुग्यो। अन्तर्राष्ट्रियदेखि राष्ट्रिय रूपमा मूल र सहायक शास्त्रहरू कोरिएका थिए, जहाँ दुवै परिवार वैभवताको वरिपरि थिए/छन् पनि र हुने पनि होलान्! ती शास्त्रको हिसाब-किताबअनुसार उनीहरूको भाग्यमा उज्यालै उज्यालो फलेको छ। तिनको जीवनमा अँध्यारोलाई पूर्णतः प्रवेश निषेध गरिएको छ।

झिसमिसेदेखि साँझसम्मको मेलापात, खेतीपाती, वस्तुभाउ, घाँस-दाउरा उनीहरूको भागमा आइपर्ने दैनिक गृहकार्य थियो। उब्रेको समयलाई अप्रत्यक्षतः आराम, बिराम, खानपान, गफगाफका लागि भाग लगाइएको हुन्थ्यो। आपसी एकता, समानता, निस्वार्थ रङहरूको घुलमिलले ओठमा हाँसो, खुसी मुस्कान जीवितै थिए। परिवर्तन झुल्केको करिब १० वर्षको अवधिमा पटक-पटक यिनको भागमा पनि थारो नमस्कार, आराम-बिराम आइलाग्दथ्यो। प्रायः अभिवादनदातामा कहिले माथि बस्न चाहने लुटाहा र कहिले स्थानीय फटाहा हुन्थे। आराम-बिरामका बात मार्थे। पीडाले घेरेको भनी मुर्मुरिँदै सहानुभूति ओकल्थे। आफू सक्कली मित्र र बाँकी आउने नक्कली भनी पाठ घोक्न लगाउँथे। झुक्याउवाल, ठगठागे र  लाटलुटेहरूले फस्ल्यास-फुस्लुसको अस्थायी खेतीपाती वा व्यापार-व्यवसाय पनि चलाउन सक्छन् भनी सचेतनाको जामा पनि पहिर्‍याउन उद्यत हुन्थे। सक्कली मत आफ्नो भागमा हाल्न अभिवादनसहित आग्रह टक्र्याउँथे। त्यस भन्दा टाढा वा अन्यत्र गएको अवस्थामा बाँकी जिन्दगीमा पनि सदावहार निरशा र उदासी मात्र फलिरहन्छ।

सन्ततिहरू पनि त्यसकै वरिपरि घुमिरहन बाध्य हुन्छन्, उनीहरूमा पनि खुसी र सम्पन्नताका पखेटा पलाउन असम्भव भनी भलाद्मी शैलीमा पाठ वाचन गर्दथे। लोकतन्त्र बढी जान्ने भुइँफुट्टा र चैतेहरूचाहिँ पराजयको स्वाद चाख्नुपरेमा भावी दिनहरू अप्ठ्यारोको डिलमा पुग्न जाने सम्भावनालाई मनन् गर्न  शान्तिपूर्वक शैलीमा धम्कीको भजन हाल्थे। निर्वाचनको राप, ताप, विजय, पराजय, आँसु, हाँसो आदिसँगै पाँच वर्षसम्म भूमिगत बन्थे। सो अवधिको समाप्तिसँगै पुनः झुल्की नवीन कथा, कहानी, बहाना कथ्थे, बुन्थे। विकास, मुस्कान रोपी फलाउन नसकेकोमा लामो पश्चातापको आगो ओकल्थे। यसपालिचाहिँ व्याजसहित लटरम्म विकास फलाउने योजना, खाका कोरी कृष्ण र सुदामा परिवारको अगाडि पेश गर्थे। जेहोस्, यस्तैउस्तै ताल र आफ्नै शैलीमा जिन्दगीको जहाज सकीनसकी उडिरहेकै थियो।

सेकेण्ड, मिनेट, घण्टा, बार, हप्ता, महिना उही र उस्तै थिए तर पनि समयले क्रूर चक्रलाई आमन्त्रण गर्‍यो। धर्ती खिइयो, छिमेकीको हैकमले बास गर्‍यो। अविकास मात्र रोपियो, अलेलि भएको उन्नति पनि ओइलायो, पहेँलियो। परिवर्तनको हावाले महलवाला र खाऊ-देऊहरू र तिनका आसपास मात्र चुमिरह्यो। एकथरी यस्तै-यस्तै देउसी भट्याएर ओडारतिर छिरे। भण्डारवालाले पनि देश र नागरिकको ज्यान सुहाउँदो मीठै भाका सुसेले। ओडारे र भण्डारे को भन्दा को कम बहादुर!

अन्ततः दुवै खाऊ-देऊहरूले कृष्ण र सुदामाकै भलाइका लागि भन्दै आपसमा अङ्कमाल गरे, बम, बारुद, बन्दुक, गरिबी, अभाव, अशिक्षा, अवनति, अविकास, अन्याय, अतिचार, व्यभिचार, कुविचार, दुराचार सबलाई भरमार गाली गरे।

जनसङ्ख्या वृद्धि, साधन-स्रोतको कटौती हुने ठानेर होला दुई हजार जति सग्ला ज्यानलाई नफर्कने शर्तमा पठाए। जाडोमा न्यानो पलाउँछ, पुरानो मर्नु भनेको नयाँ जन्मनु हो भन्ने क्रान्तिकारी व्याख्याको आधारमा मार्क्स र माओलाई जोडेर घर, भवन, विद्यालय, चौकी भेटेजति सबै धमाधम पोलिए, मानौँ- ती सिद्धिएका मुर्दा थिए। आतङ्ककारीलाई हसुर्न र घुस्रन दिएको अनि सुराकीको उम्मेदवार बनी आफ्नो क्षमताको विज्ञापन गरेको भनी कहिले ओडारे त कहिले भण्डारेबाट पालैपिलो चाबुक खानबाट कृष्ण र सुदामा पनि वञ्चित भएनन्। भाग्यमा रहेछन् क्यार, मास छर्न जान पाउने सौभाग्य भने तिनलाई जुरेन!

अन्ततः दुवै खाऊ-देऊहरूले कृष्ण र सुदामाकै भलाइका लागि भन्दै आपसमा अङ्कमाल गरे, बम, बारुद, बन्दुक, गरिबी, अभाव, अशिक्षा, अवनति, अविकास, अन्याय, अतिचार, व्यभिचार, कुविचार, दुराचार सबलाई भरमार गाली गरे। अँध्यारोको बास उठाउने, सबैलाई माया गर्ने, विभेदलाई लखेट्ने भनी मूल शास्त्र कोर्ने गीत गाए।

कामको मेलो पसेपछि तिनले चामल दिए, कनिका ल्याए, आफ्नो असल भत्काए, अर्काको कमसल भित्र्याए। लम्फूहरूको आशनबाट नाक, आँखा, रङ, वर्णका मन्दिर, मस्जिद अग्लाइ, गरिहाइ, समथल देश चिरे र चिर्दै छन्।

फरक नाक, आँखा, वर्णका मन्दिर, मस्जिद, गुम्बा, चर्च मिलेको पूर्व ओडारेलाई फापेन। तिनको हेराइमा मिल्नु र मिलाउनु भयङ्कर अपराध ठहरियो। ती खालेखाले भेषमा अनुकूल, प्रतिकूल, समय, कुसमय, मौसम, बेमौसम पारी कृष्ण र सुदामा जस्ताको निवासमा लुसुक्क छिरे। मुसाले झैँ खोतल्न थाले-घरि यताबाट, घरि उताबाट! अरू औषधीले छोएन। नाक, आँखा र वर्णको ओखती प्रयोगमा ल्याए अर्थात् जातपातको चल्ला कोरले। राहु र केतुको संयुक्त आयोजनामा मानवताको नाता, शान्त, सौम्य, निश्चल सम्बन्धमाथि आक्रोश र घृणाका बम प्रहार गरे, बारुद पड्काए।

अन्ततः देशी/विदेशी राहु/केतु उत्तीर्ण हुन पुगे। क्रमशः दुवैबीच हुर्केको विश्वास शङ्काको बादलमा अनुवाद हुँदै गयो। परिणामतः क्रमशः लामो सुन्दर अतीत एकाएक धुमलिन पुग्यो, बिरामी भयो। बोलचालमा नाकाबन्दी मात्र छिरेन, कुखुरो बारीमा सवारी भएको, आँगनमा कसिङ्गर छिरेको आदि मुद्दा सम्बन्धका दरार बनेर उभिन थाले, एकपछि अर्को गर्दै! पटक-पटक ठूलै महाभारतको उपस्थिति हुन थाल्यो। कति पटक त सद्दे ज्यान अङ्गभङ्गमा रूपान्तरण हुन पुगे। राहु र केतुले खुसीयाली मनाए, अभिनय सार्थक भएकोमा! आफ्नो व्यापार फस्टाएपछि ती लागे अर्को गाउँतिर- उही अभियानमा!

कृष्णलाई लाग्यो, सर्पलाई किन दूध पिलाउने? रोगव्याध उपियाँझैँ उता पनि फड्कियो, केही दिनपछि कृष्ण पनि लम्पसार परे। दुवै शङ्कटकालीन घडीमा निराशा, अपशोच, पीडा भागमा परेको महसुसबाट छेकिए/घेरिए।

समयको लीला, एक दिन सुदामा स्वादसँग थलिए। पानी दिनेको पनि खडेरी पर्‍यो। अस्पताल त स्यालको सिङ नै भइगो। कृष्णलाई लाग्यो, सर्पलाई किन दूध पिलाउने? रोगव्याध उपियाँझैँ उता पनि फड्कियो, केही दिनपछि कृष्ण पनि लम्पसार परे। दुवै शङ्कटकालीन घडीमा निराशा, अपशोच, पीडा भागमा परेको महसुसबाट छेकिए/घेरिए। पर्दापछाडिका उचाल र पछारबहादुरहरूलाई मनमनै धारे हातले स्वागत गरेका भए पनि तत्काल बाहिर भने पोखेनन्।

दैवको खेल नै भनौँ, सुदामा तङ्ग्रिए। आत्मालाई सोधे, जवाफ पाए, लडेको कृष्णको ज्यानमा संजिवनी छर्के। दुवैका आँखामा निर्दोष आँसु खेलिरहेका थिए। वाक्यहरू उम्रन सकेका थिएनन्। आँखा-आँखा र मन-मनले आपसमा मानवताको भाषा लेनदेन  गरिरहेका थिए।

दुवैका आँसुको मुहान निख्रियो, बुद्धत्वको सवारी भयो। दुई ज्यानले किरिया हाले- गोमन, नाक र वर्णका मन्दिर र मस्जिद... मा होइन, आफ्नै खलकभित्र भ्रातृवधको आत्मामा मानवको अनुहारमा हुर्केको हुन्छ। आफ्नो स्वार्थ रोप्न र फलाउन घृणाको सगरमाथा मात्र उक्लँदैन, लेण्डुपको भेष पनि धारण गर्छ। अतः यो खेलको ढोका सदाको लागि यहीँ बन्द भयो, अब कहिल्यै खुल्ने छैन। त्यही बेला अर्को बस्तीबाट धन्धुकारीहरूले कुलेलम हान्नुपरेको समाचार कानमा ठोकिएको निमेषभरमा ओत लाग्न आइपुग्दा नपुग्दै त्यहाँबाट पनि तिनको अंशमा थप लखेट्याइ पर्‍यो। परिणामतः पुनः इतिहास व्युँतियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.