म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा पर्यटन वर्ष २०२० लाई सफल बनाउन र पर्यटकहरुलाई आकर्षित गर्न आजदेखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरिएको छ।
अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा आजदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता माघ २१ गतेसम्म ६ दिनसम्म संचालन हुनेछ। महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज दिउँसो उद्घाटन गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए। महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।
महोत्सव तथा प्रतियोगिताको मञ्च व्यवस्थापन, खेलमैदान निर्माण, प्रचारप्रसारलगायतका तयारी पुरा भएको आयोजकले जनाएका छन्। स्टल र मञ्च निर्माण भइसकेको प्रचारप्रसार संयोजक कृष्णप्रसाद बरुवालले बताए।
महोत्सव सुरु हुनुअघि मौलिक झाँकी सहितको र्याली निकालीने भएको छ। महोत्सव स्थलमा कृषि, पशुजन्य र घरेलु उद्योगका उत्पादनको प्रर्दशनी गरिने गाउपालिकाका उपाध्यक्ष केशमाया मगरले बताइन्। स्थानीय उत्पादनको प्रर्दशनीका लागि नि:शूल्क स्टलको व्यवस्था गरिएको उनले बताइन्।
वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने खेलकुद तथा सांस्कृतिक उपसमिति संयोजक ओमप्रकाश फगामीले बताए। सबै प्रतियोगितामा सहभागि हुने गाउपालिका भित्रका ८ वटा वडाका खेलाडीहरु नारच्याङ पुगेका छन्।
पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस अन्नपूर्ण आधार शिविर लगायत पर्यटकीय स्थलहरुको वृत्तचित्र र तस्बिर प्रर्दशनी, कृषि, हस्तकला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी पनि हुनेछ। प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको लागि प्रचारप्रसार गर्न महोत्सव आयोजना गरिएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबिन सुवेदीले बताए।
आठ वर्षअघि स्थानीयबासी तेज गुरुङको नेतृत्वमा विश्वकौ दसौ र नेपालको नवौं (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग पहिचान गरेका थिए। सन १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए।
‘ओझेलमा परेको अन्नपूर्ण हिमाल र आधार शिविरलाई पहिचान गराउन महोत्सव गर्न लागेका छौ,’ प्रशासकीय अधिकृत सुवेदीले भने ‘नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य हो।’
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो। आधारभूत स्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पीङ साइटहरु निर्माणका साथै नक्सा तयार पारिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।