चीनका नेपालीलाई दूतावासको सम्पर्कमा आउन आग्रह

|

काठमाडौं : कोरोना भाइरसको संक्रमण उच्च रहेको चीन उहान प्रान्तमा रहेका नेपालीहरुलाई बेइजिङस्थित नेपाली दुतावासको सम्पर्कमा रहन सरकारले अनुरोध गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको उहान लगायत विभिन्‍न शहरमा नेपालीका लागि दुतावासले सुरु गरेको हटलाइन नम्बरमा फोन सम्पर्कमा आउन अनुरोध गरेको हो।

बेइजिङ, हुबेइ-वुहानसहित चीनमा रहेका सबै नेपालीहरुसँग नेपाली राजदूतावास नियमित सम्पर्कमा रहेको जनाइएको छ।

कोरोना संक्रमणसम्बन्धी जानकारी एवम् सल्लाहर सहयोगका लागि दूतावासले स्थापना गरेका हटलाइनहरु १५६५०७२००६९ (बेइजिङ)  १३३१०८८४८८० (ग्वाञ्जाओ) , १८८८९०९७७३०९(ल्हासा), १८८८९०९७७३० (हङकङ) र १३८१८३६९५५९ (शांघाइ) मा नेपाली दुतावासले राखेको हटलाइनमा फोन गरी सम्पर्क गर्न अनुरोध गरेको हो।

 नेपाली सुरक्षित छन् : चीन

यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालाई भेटेर चीनको कोरोना भाइरस संक्रमण क्षेत्रमा रहेका पालीहरु सुरक्षितरहेको जनाकारी दिएका छन्।

राजदूत होउ यान्छीको भनाइलाई उदृत गर्दै मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँले उहान क्षेत्रका नेपालीलाई चिनियाँ नागरिकसरह सुरक्षित राखिएको बताउनुभयो।'

यस्तै रातदूत यान्छीले चीन नेपालसँग नाका जोडिएका चीनका स्थल मार्गहरुमा पनि चीनले स्वास्थ्यकर्मीसहितको टोली राखेर उच्च निगरानी गर्न थालेको जानकारी दिएको मन्त्रालयले जनाएको छ।

भारतीय सीमामा पनि कडाइ

कोरोना भाइरसबाट जोगिन हाल चीनका अन्तराष्ट्रिय विमानस्थल र चिनियाँ नाकाहरुमा मात्र उच्च निगरानीमा राखिएको छ। अब  भारतीय सीमानाकाहरुमा समेत उच्च निगरानी राख्ने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालय अन्तर्तगको स्वास्थ्य आपतकालिन इकाइ प्रमुख सागर दाहालका अनुसार आवश्यक परे भारतीय नाकाहरुमा समेत स्वास्थ्यकर्मीसहित उच्चसतर्कता अपनाउन छलफल भएको बताए।

उनले भने, ‘भारतमा समेत नोबोल कोरोना भाइरस भएको पुष्टि भएको छ। यस्तो अवस्थामा आवश्यक परे भारतीय सीमा नाकामासमेत हेल्थ डेक्ससहित स्वास्थ्य सतर्कता अपाउन छलफल गरेका छौँ।'

यस प्रकोपको उच्च निगरानी गर्दै परिस्थितिमा आउने परिवर्तन अनुसार चीनमा रहेका नेपालीको स्वास्थ्य सुरक्षा गर्ने सम्पूर्ण व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ। 

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान गइसकेको छ। भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको विश्‍व स्वास्थ्य संगठनले जनाएको छ। कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउने पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ।

चीनबाट दुई हप्ताअघि फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। अहिले यसको संक्रमण विश्वका १८ देशमा फैलिसकेको छ। कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले आपतकाल घोषणा गरेको हो।

डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमणका बेला पाँच पटक आपतकाल घोषणा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.