|

काठमाडौं :सरकारले विश्वव्यापी रूपमा प्रकोप बन्दै गएको  कोरोना भइरसको सम्भावित संक्रमणबाट रोक्न तीनवटा समति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति बनेको हो।

त्यसैगरी स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति र स्वास्थ्य मन्त्रालयकै गुणस्तर, मापन तथा  नियमन महाशाखा प्रमुख डा दीपेन्द्र रमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्रविधिक समिति गठन भएको छ।

एक महिनादेखि चीनबाट  महामारीको रूपमा फैलिएको नोवल कोरोन भइरसले विश्वका धेरै देशहरूमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले  स्वास्थ्य आपतकाल घोषणा गरेसँगै नेपाले पनि सजगता अपनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री ढकालको अध्यक्षतामा बिहीबार बसेको विभिन्न मन्त्रालयका सचिव तथा स्वास्थ्यका अधिकारीहरू सबै मन्त्रालयका महाशाखा प्रमुख सो समितिका सदस्य रहने बैठकले सो निर्णय गरेको हो।

त्यसैगरी, स्वास्थ्य सचिव खगराज बरालको नेतृत्वमा निर्देशक समिति पनि गठन भएको छ। सो समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्य अन्‍तर्गतका सबै परिषदका अध्यक्षहरू पदेन सदस्य तोकिएको छ।

विज्ञहरूमा डा खेम कार्की, डा जगदीश अग्रवाल, डा अर्जुन कार्की, डा मानव भट्टराइ, डा शुरेस तिवारी, डा दिलीप शर्मा, निजी अस्पताल एसोसिएसन, निजी हेडिकल कलेज एसोसिएसन प्रतिनिधि र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि निर्देशक समितिका सदस्य रहनेछन्।

मन्त्रालयले गुणस्तर, मापन तथा नियमन महाशाखाका प्रमुख डा दीपेन्द्र रमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति समेत गठन गरेको छ। सो समितिको सदस्यमा इडिसिडीका प्रमुख, जोनोसीस विभागका प्रमुख, डा अनुप बास्तोला, डा अनुप घिमिरेलगायत सदस्य रहेका छन्। सो कमिटीको सदस्य सचिवमा स्वास्थ्य आपतकालीन व्यवस्थापन इकाइ प्रमुख सागर दाहाल रहेका छन्।

यसैबीच जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार विभिन्न मन्त्रालयका उच्चस्तरीय अधिकारीहरूसँग छलफल गरेका छन्। एकैपटक त्यति धेरै संख्यामा नेपालीलाई फर्काउनुपरे उनीहरूको निगरानी कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो।

छलफलमा उनीहरूलाई ल्याएर राख्न नेपाली सेनाको अस्पतालमा बनेको नवनिर्मित भवनलाई पहिलो प्राथमिकतामा राखिएको छ। त्यसैगरी, शुक्रराज अस्पताल र अन्य हब अस्पताललाई पनि तयारी रहन निर्देशन मन्त्रालयले दिइसकेको छ।

मन्त्री ढकालले बोलाएको उच्चस्तरीय बैठकमा रक्षा, परराष्ट्र, पर्यटन र अर्थ मन्त्रालयका सचिवहरु, अध्यागमनका महानिर्देशक, गृह मन्त्रालयका इमरर्जेन्सी महाशाखा हेर्ने सहसचिव, भन्सार विभागका महानिर्देशक, सैनिक अस्पताल छाउनीका निर्देशकलगायत स्वास्थ्य मन्त्रालयका सबै महाशाखा प्रमुखहरुको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.