प्युठान : प्युठानको दाङवाङ ३ कोलेबोटमा हिजो बेलुकी एक्साभेटर पल्टिएर थिच्दा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। ना १ ख ३३१९ नम्बरको एक्साभेटर पल्टिएर सडकमा बसिरहेका नौ जनालाई थिचेको प्रहरीले जनाएको छ।
दुर्घटनामा एक्साभेटरका सहचालक स्थानीय १८ वर्षीय दीपक गाहा, १३ वर्षीय ज्ञानेन्द्रबहादुर गाहा र २३ बर्षीय शेषकान्त आचार्यको घटनास्थलमै मृत्यु भएको हो। घाइते छ जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। एक्साभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।