६ देशमा निर्यात, ३० देशमा आयात मात्रै

|

काठमाडौं चालु आर्थिक वर्षको ६ महिनामा नेपालले विश्‍वका १४२ राष्ट्रसँग व्यापार गरेको छ। १४२ मध्ये अधिकांश राष्ट्रसँग नेपालले घाटाको व्यापार गरिरहेको छ।

नेपालले कारोबार गर्नेमध्ये ३६ देश यस्ता छन्, जहाँबाट एकतर्फी (आयात वा निर्यात) मात्रै व्यापार भएको छ। जसमध्ये ३० राष्ट्रसँग आयात मात्रै भएको छ वा एक रुपैयाँको सामान पनि नेपालले पठाउँदैन तर ल्याउने भने गरेको छ। त्यस्तै, व्यापार गर्ने ६ राष्ट्रबाट भने नेपालले एक रुपैयाँको पनि सामान ल्याउँदैन तर पठाउने भने गरेको छ।  

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा ९२ प्रतिशत हिस्सा आयातको छ भने करिब ८ प्रतिशत हिस्सा निर्यातको छ। तर, केही राष्ट्र त्यस्ता छन् जहाँबाट नेपालले व्यापार नाफा पनि गरेको छ। केही राष्ट्र त्यस्ता छन् जहाँ नेपालले सामान पठाउँछ मात्र। 

निर्यात मात्रै हुने ६ राष्ट्र

नेपालले व्यापार नाफा गर्ने ३२ राष्ट्रमध्ये  ६ राष्ट्रबाट आयात भएको छैन। अर्थात् नेपालले सामान पठाउने मात्रै गर्छ। ती ६ राष्ट्रमा ४ करोड ४० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ। यी राष्ट्रहरूमा न्युक्यालेडोनिया,  बहामास, पूर्वी टिमोर, छड, यमन र नाइजेरिया रहेको छन्। 

६ महिनामा कति मूल्यका सामान गए?

देश

निर्यात भएको सामानको मूल्य (रूपैयाँमा)

न्युक्यालेडोनिया

६१,९२,०००

बहामास

१०,३९,०००

पूर्वी टिमोर

२, २९,०००

छड

२५,२५,०००

यमन

९१,००,०००

नाइजेरिया

२,४९,९७

जम्मा देश ६

४,४०,८२,०

नेपालले व्यापार गर्ने राष्ट्रहरूमा ३० राष्ट्रबाट भने सामान आयात मात्रै गरिन्छ तर निर्यातको परिणाम शून्य छ। साथै आयात निर्यात दुवै व्यापार गरिने ११० राष्ट्रहरूमा २६ राष्ट्रसँग मात्रै व्यापार नाफामा छ। यी २६ राष्ट्रमा कुल व्यापार ६५ करोड ७३लाख ५९ हजार रुपैयाँको कारोबार गरेकोमा आयातको तुलनामा निर्यात २० करोड ८३ लाख ७२ हजार रुपैयाँ बढी छ।

 कहाँ कति व्यापार? कति नाफा?

देश

आयात निर्यात व्यापार

नाफा

डेनमार्क

३२,०७,२५, ०००

९,७३,२८,०००

लाटभिया

३,०७,२४, ०००

५,९५,०००

नर्वे

१८,८४,५४, ०००

५३,०३,३४,०००

अल्जेरिया

८५,९५, ०००

३१,३९,०००

ग्रीक

२,६६,३५, ०००

१,०१,२३,०००

क्रोएसिया

८७,३५, ०००

६८,२९,०००

लेवनान ४४,७१,००० ४,९२,०००
क्यामरुन १,३८,७९,००० १,००,२९,०००

एस्टोनिया

६९,८२, ०००

४८,२९,००

केन्या

२२,९४, ०००

१०,५२,०००

सिरिया लियोन

५८,७९, ०००

४९,६५,०००

कोलम्बिया

२३,७५, ०००

२३,६७,०००

आइभोरी कोस्ट

४४,९०, ०००

३६,५२,०००

बोस्‍निया

१३,१४, ०००

८,६५,०००

सुडान

२१,०८, ०००

१७,६८,०००

माल्दिभ्स

२,२४,७४,०००

२,२०,८८,०००

अफगानस्तान १८,५४,००० १५,१८,०००
सेनेगल २,८६,००० ४६,०००
मंगोलिया ३,५६,००० १,३७,०००
मौरिसस् ८,१७,००० ६,८६,०००
कङ्‍गो २,१७,००० १,६६,०००
उरुग्वे ७,४७,००० ७,३४,०००
मालावी १,२०,००० १,०६,००
काजकिस्तान १४,१३,००० १४,१०,०००
लिवेरिया ४,८५,००० ४,८४,०००

जम्मा: २६

६५,७३,५९,०००

२०,८३,७५,०००

र, यो पनि

६ महिनाको अवधिमा ६ खर्ब ९४ अर्ब रुपैयाँको आयात भएको छ। जबकि गत वर्ष सोही अवधिमा सात खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।

आयात घट्नुका साथै निर्यात बढेको छ। निर्यात वृद्धिदर गत वर्षको तुलनामा २६ प्रतिशतले बढेको छ। ६ महिनाको अवधिमा ५७ अर्ब २७ करोडको निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ४५ अर्ब ४१ करोड रुपैयाँको भएको थियो। यस हिसाबले निर्यात १२ अर्ब बढेको छ।

आयात घटेको र निर्यात बढेको अवस्थामा व्यापार घाटा ६ प्रतिशतले कमी आएको छ। गत वर्ष ६ महिनाको अवधिमा ६ खर्ब ७८ अर्ब रुपैयाँको व्यापार घाटा रहेकोमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ६ खर्ब ३७ अर्ब रुपैयाँ मात्रै रहेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षभर नै निर्यात वृद्धिदरले निरन्तरता पाउने र आयात केही घट्ने बताएका छन्।

भन्सार विभागका महानिर्देशक सुमन दाहाल पनि आयातलाई निरुत्साहित गरिएकै कारण कमी आएको बताउँछन्। '२० प्रतिशतको आयात वृद्धिदर हुने गरेकोमा चालु आर्थिक वर्षमा निरन्तर कमी आएको छ, सरकारले आयातलाई केही निरुत्साहित गरेको र स्वदेशी उद्योलाई प्रवर्द्धन गरेकै कारण यो तथ्यांक हासिल भएको हो’, दाहालले भने।

चालु आर्थिक वर्षको पहिलो महिनादेखि आयात घटेको छ। पहिलो महिना ११ प्रतिशतले कमी आए पनि ६ महिनासम्म आइपुग्दा ४.०४ प्रतिशत मात्रै कायम भएको छ।

यो अवधिमा सबैभन्दा ६१ प्रतिशत आयात व्यापार र ७० प्रतिशत निर्यात व्यापार भारतबाट मात्रै भएको छ। भारतबाट चार खर्ब २३ अर्बको आयात व्यापार हुँदा ४० अर्बको निर्यात व्यापार भएको छ। भारतसँग मात्रै ३ खर्ब ८३ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ।

चीनसँग एक खर्ब १८ अर्बको आयात व्यापार र एक अर्ब निर्यात व्यापार भएको छ। चीनसँग निर्यातभन्दा आयात ११८ गुणा बढी छ भने भारतसँग १५ गुणाले बढी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.