|

पोखरा : 'नेपाल लिटरेचर फेस्टिभल' को छैठौँ संस्करण शुक्रबारबाट पोखरामा सुरु भएको छ। पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्डको आँगनमा सुरु भएको उक्त महोत्सव यही माघ १७ गतेसम्म चल्नेछ। यसक्रममा देश विदेशका ५६ भन्दा बढी वक्ताले साहित्य, संगीत, कला, मिडिया र जीवनका बारेमा बाँडिएका ४० वटा सेसनहरुमा बोल्नेछन्।

बुकवर्म फाउन्डेसनले आयोजना गरेको महोत्सवमा विभिन्न पुस्तकहरु पनि विमोचन गरिने कार्यक्रम छ। साहित्यसँग जोडिएका सबै क्षेत्रलाई एकै ठाउँमा भेला गरी विचार आदानप्रदान गर्न महोत्सव आयोजना गरिएको आयोजक संस्थाका कार्यकारी निर्देशक निरज भारीले बताए।

लाइभ हेर्नुहोस्:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.