|

काठमाडौं : छिमेकी मुलुक चीनमा नोवेल कोरोना भाईरसको संक्रमणले महामारीको रुप लिएसँगै नेपाल आउने विदेशीहरुको संख्या ह्वात्तै घटेको छ।

विशेषगरी चीनलगायत दक्षिण एसियाली मुलुकहरुबाट आउने यात्रुहरुको संख्या घटेसँगै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको ओहोरदोहोर कम हुँदै गएको छ।

त्यसो त विभिन्न वायुसेवा कम्पनीहरुले नेपाल-चीन अन्तर्राष्ट्रिय उडान बन्द गर्दा पनि प्रभाव परेको छ। कोरोना भाईरसको संक्रमण बढ्दोक्रममा देखिएपछि चीनबाट नेपाल आउने एअर चाइना, सिचुवान, चाइना इष्टर्न, टिब्बेटियन एअर र नेपालको हिमालयन एअरले नेपाल-चीन उडान नै बन्द गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीनमा कोरोना भाइरसको सङ्क्रमण र त्रास बढेपछि हवाईयात्रुको सङ्ख्या घटेकाले नेपाल उडान भर्ने केही प्रमुख चिनियाँ वायुसेवाले फेब्रुअरी ४ देखि फेब्रुअरी २८ तारिखसम्मका लागि उडान स्थगित गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.