|
Photo: aajtak.intoday.in

भारत प्रशासित कश्मीरको पाकिस्तानसँग जोडिएको सीमानामा हिउँ पहिरोमा पुरिएर १५ भारतीय सेनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ मेजर र १४ जवान रहेका छन्।

हिउँ पहिरो र चिसोका कारण ६ सर्वसाधारणको समेत मृत्यु भएको छ। कश्मीरका विभिन्न ठाउँमा बाक्लो हिउँका कारण जनजीवन प्रभावित भएको छ। हिउँआधी आउने र हिउपहिरो जाने भइरहेको छ।

श्रीनगरमा रहेका भारतीय सेनाका प्रवक्ता ईएसएस एन कालियाले बीबीसीलाई भनेका छन्, 'जहाँ हिउँ पहिरो गएको छ, त्यहाँको मौसम अत्यन्त खराब छ। लगातार हिउँ परेको कारणले उद्धार कार्यमा कठिनाइ आइरहेको छ। तैपनि हामी हिउँमा पुरिएका जवानहरुको खोजिकार्य गरिरहेका छौं।'

हिउँ पहिरोका कारण काश्मीरमा सर्वसाधारण र सीमा सुरक्षामा खटिएका सेनाको मृत्यु हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.