|

  • दिपक शर्मा

सल्यान : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि १ वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। सल्यान सदरमुकाम खलंगामा शुक्रबार नेपाल शिक्षक संघले आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो निर्देशन दिएका हुन्।

नेपाली काँग्रेस प्रजातन्त्रमा विश्वास राख्ने पार्टी हो भन्दै उनले अब हुने तीनै तहको निर्वाचनमा पहिलो पार्टी बन्ने जिकिर गरे। तर, त्यसका लागि आन्तरिक एकता अपरिहार्य रहेकोमा उनको जोड छ।

कार्यकर्ताबीच मनको डर थोरै प्रकट गरेका देउवाले एकताबद्ध नहुने हो भने चुनाव जित्न नसकिने कुरा स्वीकारे।

साथै उनले संविधान कार्यान्वयनका लागि एकवर्ष भित्र तीनै तहको निर्वाचन अनिवार्य रहेको बताए। राजनीतिक अस्थिरताका कारण देशको विकासको गति लिन नसकेको बताउँदै उनले संविधानको पूर्ण कार्यान्वयनलेमात्र प्रजातन्त्र बलियो हुने बताए। सबै राजनीतिक दलहरुलाई प्रजातन्त्र सिकाउन र त्यसको प्रत्याभूति दिलाउन पनि चुनाव गर्नुपर्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.