|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ। नेता नेपालको निवास कोटेश्वरमा उहाँहरुबीच भेटघाट भएको थियो। 

नेता नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का बारेमा पनि छलफल भएको थियो। सो अवसरमा नेता नेपालले नेपालले कुनै पनि वैदेशिक सहयोग लिने भन्दै एमसिसी राष्ट्रिय हित अनुकूल भए स्वीकार गरेर अगाडि बढ्न सकिने राजदूत बेरीलाई बताए।

नेता नेपालले एमसिसी राष्ट्रिय हित विपरीत भए सच्चाउनुपर्नेमा जोड दिए। उनीहरुबीच दुई देशबीच द्विपक्षीय हित र समसामयिक राजनीतिक अवस्थाबारेमा छलफल भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.