|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबारको माइतीघरमा प्रदर्शन गरेको छ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा परी पूर्वाग्रही भए निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले माइतीघरमा विरोध प्रदर्शन गरेको हो।

बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदारको बचाउमा सडकदेखि संसदसम्म कांग्रेस एकसाथ उत्रिएको हो। 'संवैधानिक निकायहरूमा सरकारी हस्तक्षप बन्द गर', 'विभेद र पूर्वाग्रह मानिदैन काण्डकाण्डको सरकार चाहिँदैन', 'तिल कुमारीलाई जेल विष्णु पौडेललाई माफी' लगायतका नारा लेखिएका पम्लेट बोकेर विद्यार्थी प्रदर्शन गरेका थिए।

हेर्नुहोस् फोटोहरू

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.