|

काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको भनाइप्रति उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आपत्ति जनाएका छन् ।

सीजी कम्युनिकेशनको लाइसेन्सबारेमा मन्त्री बाँस्कोटाले बिहीबार दिएको अभिव्यक्तिप्रति चौधरीले आपत्ति जनाएका हुन्। 'सीजी कम्युनिकेसनको २० अर्ब रकम १० वर्षमा फरक किस्तामा चुक्ता गर्न राज्यले निर्धारण गरेको नवीकरण शुल्क हो भन्‍ने ज्ञान बाँस्कोटालाई नहुनु दुःखद हो', उनले भनेका छन्, 'यो भ्रमबारेमा सार्वजनिक छलफल गर्न सीजी कम्युनिकेसनका तर्फबाट म उत्सुक छु।' 

बिहीबार गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रतिपक्षी दलको नेता भएकै कारण प्राविधिक तथा आर्थिक प्रबन्ध तोड्न नसकिने जवाफ सिजी कम्युनिकेशनका मालिक विनोद चौधरीलाई दिएका थिए। 

'प्रतिपक्षी हुनासाथ उहाँहरुलाई सम्बोधन गर्न आर्थिक प्रबन्ध र प्राविधिक प्रबन्ध तोडेर दिन सकिँदैन', उनले भने। एक थरीको लाइसेन्स लिएर अर्कै काम गर्न नमिल्ने उनको तर्क छ। 'लाइसेन्स एउटा लिने काम अर्को  गर्न मिल्दैन', उनले भनेका थिए, 'देशभर जाने हो भने युनिफाइड लाइसेन्स २० अर्ब तिरेर लिनुपर्यो, 'दिँदा नखाने राति उठेर कोल चाट्ने' गर्नु भएन।'  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.