|

पोखरा : १५ औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक सहारा क्लब र मनाङ मर्स्याङ्दी र भिड्नेछन्। खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ। 

मनाङ मर्स्याङ्दी संकटा क्लबलाई हराउँदै फाइनलमा पुगेको हो। आयोजक सहाराले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएको थियो। 

विजेता टिमले ५ लाख एक हजार एक र उपविजेता टिमले २ लाख ५१ हजार एक रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ। प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एक जनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का प्रदान गरिने आयोजकले जनाएको छ।
माघ ४ गतेदेखि पोखरा रंगशालामा चलिरहेको प्रतियोगितामा ३ विदेशीसहित १२ टिमको सहभागिता थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.