|

काठमाडौं : स्थानीय निकाय पुनः संरचनाको विरोधमा दबाबमुलक कार्यक्रम घोषणा गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ। बिहान ११ बजे तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा बैठक बस्ने बताइएको छ। 

बैठकले मधेसमा स्थानीय निकाय पुनः संरचनाको विरोधमा गरिने एकदिने विरोधसभा र प्रदर्शनको मिति तोक्ने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिए। बैठकमा सरकारले ल्याउने भनेको पुरक संसोधन, संसोधन विधयेकमा गरिने परिमार्जन लगायतका विषयमा छलफल हुने महासचिव सुमनले बताए।

संशोधन विधेयक पास गराउन अपनाउने रणनीतिबारे पनि बैठकमा कुराकानी हुने मोर्चाका नेताहरुले बताएका छन् । सरकारले माघ महिनाभर संविधान संशोधन अघि नबढाए मोर्चाले फागुनदेखि दबाबमुलक कार्यक्रम गर्ने तयारी गरेको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.