|

स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको दोहोर्‍याइन्। स्याङ्जाको हरिनास गाउँपालिकास्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्। 

मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धताअन्तर्गत नै भर्खरै सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको बताइन्। 'त्यसको शुरुवात स्वरुप अख्तियारबाट सरकारले कारबाही थालनी गरेको छ। सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ। यो हाम्रो प्रतिवद्धता हो', मन्त्री अर्यालले भनिन्। उनले प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले अब सबै विद्यालयमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्ने बताइन्।

शैक्षिक संस्थालाई बेरोजगार उत्पादनको केन्द्र बनाइन नहुने उनको भनाई थियो। मन्त्री अर्यालले भनिन्, 'विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाउनु हुँदैन। बिस्तारै सबै विद्यालयमा प्राविधिक शिक्षा लागू गर्ने सरकारको लक्ष्य हो।' यसैबीच हरिनासको गाउँपालिकाको छैठौं गाउँसभा एवं हिउँदे अधिवेशनको उद्घाटन गर्दै मन्त्री अर्यालले जनप्रतिनिधिलाई यो वा त्यो नभनिकन विकास निर्माणमा लाग्न निर्देशित गरिन्।

निर्वाचनमा जुन पार्टीबाट चुनाव लडे पनि समग्र विकासका निम्ती एकजुट भएर लाग्न मन्त्री अर्यालले निर्देशन दिइन्। 'अहिलेको मात्र नभएर पचासौं वर्षपछिसम्म काम लाग्ने दिर्घकालीन योजना बनाएर विकास निर्माणका काममा लाग्नुस्', मन्त्री अर्यालले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.