राजपालाई फकाउन नसक्दा समस्या

|

काठमाडौँः प्रधानमन्त्रीको केपी शर्मा ओलीसँग असतुष्ट भएपछि उपेन्द्र यादवको नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरियो। संविधान संशोधन मुख्य एजेण्डा बनाएर सरकारमा प्रवेश गरेको समाजवादीको त्यो एजेण्डा पूरा भएन। 

समाजवादीको एजेण्डाविपरीत बाटो प्रधानमन्त्री ओलीले समातेपछि ऊ सरकारबाट बाहिरिन बाध्य भयो। त्यसो त, प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलसँगको छलफलबिना नै मन्त्रिपरिषद् हेरफेर गरेका थिए। उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव भारत भ्रमणमा रहँदै उनको मन्त्रालय पनि फेरिएको थियो।

मन्त्रिपरिषद् हेरफेरका क्रममा ओलीले समाजादीसँग छलफल र सहमति खोजेनन्। जुन कुरालाई लिएर समाजवादीका संघीय अध्यक्ष बाबुराम भट्टराईसँग यादवको कुरा बाझिएका थियो। आफ्नो पार्टीलाई अवहेलना गरेको भन्दै भट्टराई तत्कालै सरकारबाट बाहिरिन चाहेन्थे। तर, यादवले चाहेनन्। अपमान सहेर पनि केही समय फेरिएको मन्त्रालयमा पुगेर काम गरे।

भारतबाट फर्केपछि यादवले कानुन मन्त्रालयको जिम्मेवारी सम्हाले। स्वास्थ्य मन्त्रीको भूमिकामा स्वास्थ्यसम्बन्धी कार्यक्रममा पुगेका उनी भारतबाट फर्कँदा कानुन मन्त्रालयतिर सरुवा भइसकेका थिए। कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै यादवले आफूलाई प्रधानमन्त्रीले धेरै माया गरेको भनेर व्यङ्यात्मक टिप्पणी पनि गर्न भ्याए। 

समाजवादी पार्टीले सरकार छाडेलगत्तै नेकपाको दुई तिहाइको सरकार गुग्यो। तर, अहिले नेकपाले पुनः दुई तिहाइको सरकार बनाउँने रणनीतिमा लागेको छ। समाजवादी पार्टीले सरकार छाडेपछि त्यसको बदलमा नेकपाले राजेन्द्र महतो नेतृत्वको राष्टिय जनता पार्टी (राजपा)लाई ल्याउने खेल खेलिरहेको छ।

प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री यादवको बोलचाल नै बन्द भएको चर्चा थियो। तनावकाबीच यादवले मन्त्रिपरिषद्को बैठकमा संविधान संशोधनको प्रस्ताव लगे। तर, प्रधानमन्त्री ओलीले बैठकमै यादवलाई झपारे। त्यसलगत्तै समाजवादीले सरकारबाट बाहिरिने निर्णय लियो।

समाजवादी पार्टीले सरकार छाडेलगत्तै नेकपाले सरकारमा दुईतिहाइ बहुमत गुमायो। तर, अहिले नेकपाले पुनः दुईतिहाइको सरकार बनाउने रणनीतिमा लागेको छ। समाजवादी पार्टीले सरकार छाडेपछि त्यसको बदलमा नेकपाले राजेन्द्र महतो नेतृत्वको राष्टिय जनता पार्टी (राजपा) लाई ल्याउने योजना बुनेको छ।

समाजवादी र राजपा दुवै मधेस केन्द्रित दल भएकाले राजपाले पनि सरकारमा जान संविधान संशोधनको प्रस्ताव गरेको छ। त्यसैले प्रधानमन्त्री ओली पनि पर्ख र हेरको अवस्थामा पुगेका स्रोत बताउँछ। 

राजपा सरकार जाने-नजाने बिषयलाई लिएर नेकपा-राजपा शीर्ष नेताहरूबीच पटक-पटक छलफल भइरहेको छ। नेकपाका शीर्ष नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल तथा राजपाबाट अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोबीच निरन्तर छलफल भइरहेको छ। 

त्यही छलफलका आधारमा नेकपाले उठाएका सभामुखका उम्मेदवार सापकोटाका पक्षमा राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक बसेका थिए। 

नेकपा-राजपा आफ्नै दाउ

आ-आफ्नै दाउका कारण सरकारमा जाने बिषयमा राजपाले पनि ठोस निर्णय लिन सकेको छैन। सरकारमा जाने नजाने बिषयलाई लिएर राजपामा पनि विभाजित छ।

राजपा अध्यक्ष मण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतोबीच कुरा बाझिएको छ। तत्कालै सरकारमा जान नहुने पक्षमा छन् ठाकुर। तर, नेकपाले आफ्नो शर्त स्वीकारेको अवस्थामा सरकारमा जान समस्या नपर्ने तर्क उनले गर्दै आएका छन्। 

नेकपा पनि राजपालाई सरकारमा ल्याएर प्रदेश २ को सत्ता समिकरण परिवर्तन गर्ने रणनीति बुनिरहेको छ। तर, राजपाले सरकारमा जान आनाकानी गरिरहेकाले नेकपाको रणनीतिले मूर्त रुप लिन सकेको छैन।

नेकपाकाअध्यक्ष प्रचण्डले सांसद चौधरीलाई छुटाउने तर्क गरेपछि नेकपाले राजपालाई सरकारमा लान राजपाको शर्त पूर्णरुपले स्विकार्ने नेकपानिकट स्रोत बताउँछ। अध्यक्ष दाहालले चौधरीलाई प्रधानमन्त्रीको हैसियतमा  दिल्लीमा  खुलेआम भेट्ने प्रधानमन्त्री आफैं भएको दाबी गरेका थिए।

राजपाले सरकारमा जान नेकपासँग संविधान संशोधन, उपसभामुख र रेशम चौधरीलाई छुटाउनै पर्ने अडान कसेको छ। त्यसभित्र नेकपाको एकमात्रै स्वार्थ प्रदेश २ को सत्ता समिकरण फेर्ने हो। अन्य ६ वटा प्रदेशमा बलियो बनेको नेकपा प्रदेश २ मा केही कमजोर देखिन्छ। त्यसैले नेकपाले समाजवादी र राजपाको एकतालाई पनि रोक्ने गरी सत्ताको कार्ड फालिरहेको छ।

प्रचण्डको त्यो अभिव्यक्तिको अर्थ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा आयोजित थारु राष्ट्रिय माघी महोत्वसमा सम्बोधन गर्दै टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त तथा राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरी चाँडै छुटाउने अभिव्यक्ति दिएका थिए। 

प्रचण्डले सांसद चौधरीलाई छुटाउने तर्क गरेपछि नेकपाले राजपालाई सरकारमा लान राजपाको शर्त स्विकार गर्ने अर्थ दिएको नेकपानिकट स्रोत बताउँछ। 

त्यही कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चौधरीलाई प्रधानमन्त्रीको हैसियतमा खुलेआम भेट्ने प्रधानमन्त्री आफैँ भएको दाबीसमेत गरेका थिए। चौधरीलाई जेलबाट छुटाएर पुनः सांसदको भूमिका दिनुपर्ने दाहालको तर्क थियो। केही समयमै त्यसको नतिजा आउने अभिव्यक्ति उनले दिएका थिए। 

राजपाले सरकारमा जानको लागि नेकपासँग संविधान संशोधन, उपसभामुख र रेशम चौधरीलाई छुटाउँनै पर्ने अडान कसेको छ। त्यसभित्र नेकपाको एकमात्रै स्वार्थ प्रदेश २ को सत्ता समिकरण गर्ने। अन्य ६ वटा प्रदेशमा बलियो बनेको नेकपा प्रदेश २ मा सामान्य रूपमा कमजोर देखिन्छ। त्यसैले नेकपाले प्रयोगका लागि समाजवादी र राजपाविरुद्धको तुरुप फालेको देखिन्छ। 

छलफल नभएको दाबी

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गर्दैमा राजपा सरकारमा जान लागेको भन्दै भएको चर्चा केबल चर्चा मात्रै भएको राजपाका सचेतक लक्ष्मणलाल कर्ण बताउँछन्। 

‘हामीले राष्ट्रियसभाको निर्वाचनमा चुनावी तालमेल मात्रै गरेका थियौँ। तर, बाहिर सरकारमा जाने भन्‍ने हल्ला धेरै भयो,’ उनले भने, ‘राजपा सरकार जाने नजाने बिषयमा छलफल भएको छैन। राजनीतिमा पछि के हुन्छ, हेर्दै जाउँला।’

तर, राष्ट्रियसभाको निर्वाचनमा तालमेल गरेको राजपाले सभामुख पदमा अग्‍निप्रसाद सापकोटालाई समर्थन गरेपछि सरकारमा जाने प्रष्ट भएको नेकपाको एक नेता बताउँछन्।

उपसभामुखमा राजपामै हानथाप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दाबी गरिरहेको उपसभामुख राजपालाई नेकपाका शीर्ष नेताहरूसमेत सहमति नजिक पुगेका छन्। तर, उपसभामुखको बिषयलाई लिएर राजपाभित्रै हानथाप भइरहेको छ। 

उपसभामुख आफ्नो पक्षमा पार्न राजपा अध्यक्षमण्डलका सदस्यद्वय महन्थ ठाकुर र राजेन्द्र महतोबीच प्रतिस्पर्धा छ। उपसभामुख बन्‍ने दौडमा राजपामा सांसदहरू चन्दा चौधरी र अमृतादेवी अग्रहरि छन्। अग्रहरि महतो र चौधरी महन्थ ठाकुरनिकट हुन्। 

नेकपा फेरि दुईतिहाइ शक्तिमा पुग्‍न लागि राजपालाई उपसभामुख पद दिएर भएपनि सरकारमा ल्याउन चाहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.