|

काठमाडौं : रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता विवेक अटोमोवाइलस् प्रालिले सर्भिस राइड २०२० र्‍याली कार्यक्रम गरेको छ। र्‍याली बालाजुस्थित रोयल इन्फिल्ड मोटरसाइकलको शोरुमबाट सुरु गरी डि लेक साइड होटल सिम्लाङ, मार्खुमा सम्पन्न गरेको हो

राइडरहरूले आफ्नो रोयल इन्फिल्ड मोटरसाइलको मर्मत र हेरचाह कसरी गर्न सक्छन् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ। रोयल इन्फिल्डका ब्राण्ड म्यानेजर अनुज मल्लका अनुसार कार्यक्रमको उद्धाटन रोयल इन्फिल्डका हेड अफ अप्रेशन कनक् जम्मर गरेका थिए। ४५ रोयल इन्फिल्ड मोटरसाइकलमा सवार लगभग ५५ राइडरहरूको नेतृत्व भने रोड क्याप्टेन रमेश अवाले गरेका थिए।

कार्यक्रममा एसेम्ब्ली वार र बकेट र्‍याली जस्ता भाइचारा अनि आपसी मेल बढाउने खेलहरू समावेस गरिएकोमा धर्म राज राई, उमेश भन्डारी, सुसील भन्डारी, सुजन बलामी र निशान खनाल एसेम्ब्ली वार खेलका विजेता भए। बकेट र्‍याली खेलमा भने रुपेश मानन्धर, विजय भट्टराई, म्येगुन श्रेष्ठ, सुजन बलामी र निशान खनाल विजयी भएको कम्पनीले जनाएको छ।

विजेताहरूलाई विवेक अटोमोवाइलस् प्रालि अन्तर्गतको रोयल इन्फिल्ड नेपालका पार्टस म्यानेजर पुष्प राज पौडेल र सर्भिस म्यानेजर अजिङ्क्य वाल्से मेडल पहिराइ सम्मान गरेका रोयल इन्फिल्डका ब्राण्ड म्यानेजर मल्लले बताए।

उनका अनुसार कार्यक्रममा 'डु योर्सेल्फ' सत्र पनि समावेश गरियो थियो। यस सत्रअन्तर्गत राइडरहरूले आफ्नो रोयल इन्फिल्ड मोटरसाइलको मर्मत कसरी गर्न सकिन्छ भन्ने ज्ञान, सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतना तथा स्वस्थ्य जीवनशैलीको सन्देश प्रवाह गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.