|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली शरणार्थीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्। सिरियाबाहेक पनि उनले इरान, इराक, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुका लागि भिसा प्रक्रिया पनि तीन महिनाका लागि स्थगित गरेका छन्।

ट्रम्पले इस्लामिक अतिवादीहरुलाई अमेरिकाबाट बाहिर राख्ने उद्देश्यले यो योजना ल्याएको दावी गरेका छन्। अधिकारवादी संघसंस्थाले भने ट्रम्पको यो कदमको आलोचना गरेका छन्। उनीहरुले अमेरिका र आतंकवादसँग सिरियाली शरणार्थीको सम्बन्ध नरहेको दावी गरेका छन्। ट्रम्पको निर्णयपछि सिरियाली शरणार्थीहरुको अमेरिका प्रवेशको वैधानिक प्रक्रिया चार महिनाका लागि स्थगित गरिएको छ।

राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयमा जनरल जेम्स म्याटिसलाई सपथ दिलाएसँगै यी निर्णयमा हस्ताक्षर गरेका हुन्। त्यस क्रममा उनले भनेका छन्  'म अतिवादी इस्लामिक आतंकवादीलाई अमेरिका बाहिर राख्न नयाँ उपायको परीक्षण गरिरहेको छु, हामी हाम्रो देशलाई समर्थन गर्ने र यहाँका जनतालाई माया गर्नेहरुलाई मात्रै आउन दिनेछौं।' आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले मुसलमानहरुलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाउने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.