|

चौतारा : राष्ट्रिय प्रजातन्त्र पार्टीको चौतारा नगरपालिकाको अधिवेशनबाट पुष्कर ढुंगेल नगर अध्यक्षमा निर्वाचित भएका छन्। पार्टी एकिकरणपछिको पहिलो अधिवेशनबाट अध्यक्ष पुष्कर ढुंगेलसहित २१ सदस्यिय कार्यसमिति निर्वाचित भयो।

उपाध्यक्षमा राजकुमार कुँवर र टिकालक्ष्मी श्रेष्ठ, सचिवमा दिनेश रायमाझी, सहसचिवमा सुरथ घले र कोषध्यक्षमा विजय नेपाल विजयी भए। अध्यक्ष पदमा विजयी भएपछि ढंगेलले चौतारा नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने बताए। यसअघि पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाले नगर अधिवेशन उद्घाटन गरेका थिए। 

उनले संघीयता, धर्म निरपेक्षता र गणतन्त्र जनताको एजेण्डा नभएको दाबी गरे। यस सम्बन्धमा जनताको राय बुझ्नका लागि जनमत सर्वेक्षण गर्नुपर्ने धारण उनले राखे। थापाले राप्रपा जिल्लाको पहिलो शक्ति भएको र अब पनि पहिलो शक्तिको रुपमा अगाडी आउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.