|

जनकपुरधाम : जनकपुरस्थित राम स्वरुप रामसागर बहुमुखी क्याम्पसका प्राध्यापक उपस्थित नभए पनि रजिष्टरमा भने हाजिर बन्ने उपस्थित गरेको खुलेको छ।

मंगलबार क्याम्पसमा प्राध्यापक इन्द्रदेव यादब उपस्थित भएका थिएनन्। तर क्याम्पसको रजिष्टरमा भने उनी उपस्थित भएको देखिन्छ। उनी क्याम्पसको रजिष्टरमा हाजिर गरेको देखिएपछि विद्यार्थीले आन्दोलन गरेका छन्।

विद्यार्थीले विरोध प्रदर्शन गर्दा क्याम्पस प्रशासनले छानविन गर्ने प्रतिवद्धता जनाएको छ। स्नातक तहमा अध्ययनरत विद्यार्थी गौतम यादबले प्राध्यापक यादब क्याम्पसमा नआएको तर रजिष्टरमा हाजिर गरेको देखेपछि आफूहरू विरोधमा उत्रेको बताए। उनले भने, ‘प्राध्यापक पढाउन आउँदैनन्। तर हाजिर बनाएर तलब खाने गरेका छन्। आज रजिष्टर चेक गर्दा प्राध्यापक यादब अनुपस्थित रहे पनि हाजिर गरेको भेटियो।’

‘प्राध्यापक यादब उपस्थित नभए पनि हाजिर बनेको देखिएपछि उनलाई हामीले फोन गर्‍यौं' विद्यार्थी यादबले भने, ‘फोनमा उहाँले ज्वरो आएका कारण आज क्याम्पस नआएको स्वीकार्नु भएको छ।’

फोनमा प्राध्यापक यादबले आजको हाजिरी कसले गरेको कुरा थाहा नभएको समेत प्राध्यापक यादबले भनेको उनले बताए। प्राध्यापक उपस्थित नभएपछि रजिष्टरमा हाजिर बनेको भेटिएपछि विद्यार्थी आक्रोसित बनेका थिए। उनीहरूले छानविनको माग समेत गरेपछि क्याम्पस प्रशासनले छानविन हुने आश्वासन दिएको छ।

क्याम्पसका सहायक प्रिन्सिपल मिथिलेशकुमार लालले हाजिर कसले गरेको विषयमा छानविन हुने बताए। उनले भने, ‘छानविन गर्दा प्राध्यापक यादबको हाजिरी कुनै अन्य प्राध्यापकले गरिदिएको देखिएमा पनि कारबाही हुन्छ।’ उनले कसको लापरबाहीले अन्य व्यक्तिले हाजिर गरेको विषयमा भने केही बताउन चाहेनन्।

छानविनको प्रतिवद्धतापछि विद्यार्थी प्रदर्शन स्थगित गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.