|

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङको जीवन र संघर्ष समेटिएको नेपाली पुस्तक बजारमा आएको छ। ‘सी चिनफिङ, जीवन र संघर्ष’ नाम दिइएको पुस्तक निर्भीकजंग रायमाझी र सागर चन्दले लेखेका हुन्।

पुस्तकमा सीको बाल्यकालदेखि अहिलेसम्मको संघर्ष र आधुनिक चीनको राजनीतिक–सामाजिक घटनाक्रम समेटिएको छ। विश्वकै शक्तिशाली नेतामध्येमा पर्ने सी चिनफिङको जीवनबारे चासो हुने तथा चिनियाँ राजनीतिबारे जान्न चाहनेलाई पुस्तक उपयोगी हुने लेखकद्वयले बताएका छन्।

इन्डिगो इन्क प्रकाशन गरेको जीवनीको मूल्य २ सय ९९ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.