|

जाजरकोट : भरुवा बन्दुकसहित डोल्पा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

नियमित गस्तीको क्रममा रहेको प्रहरीले ठूलीभेरी नगरपालिका-२ लोचा जंगलमा पुग्दा ठूलीभेरी नगरपालिका-४ तिप्ला घर भएका २८ वर्षीय खडकबहादुर रोकायलाई हतियारसहित पक्राउ गरेको हो।

उनको  साथबाट एक थान भरुवा बन्दुक, घरेलु चक्कु एक थान, बारुद ७८ ग्राम, पासो एक थान, केभ ९ थान र  सिसाको छर्रा १९ थान बरामत गरेको डोल्पा प्रहरी प्रमुख नारायण रन्जितकारले जानकारी दिए।  मंगलबार पक्राउ परेका रोकायलाई जिल्ला अदालत डोल्पामा हतियार खरखजनासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.