|

काठमाडौं : पहिलो म्युजिक भिडियो ‘तिमी र म’को सफलतापश्चात गायक डा. उज्ज्वल गिरीले ‘तिमी मेरो’ सार्वजनिक गरेका छन्।

सफ्ट मेलोडियस भर्सनको ‘तिमी मेरो’ गीत प्रणय दिवसलाई लक्षित गरेर निकालिएको गायक गिरीले बताए। गीतमा स्वर, शब्द र संगीत स्वयं गायक गिरीकै रहेको छ। गीतको संगीत संयोजन इन्जिनियर आभाष श्रेष्ठले गरेका हुन्।

‘तिमी मेरो’ म्युजिक भिडियोमा इन्जिनियर दीप गिरी र अर्चना डी क्षेत्रीको अभिनय रहेको छ। उज्ज्वलको संगीत यात्रामा सहयोग पुर्‍याइरहेका उज्ज्वलका दाई दीप गिरीले यो भिडियो निर्माण गरेका हुन्। रुपन पौडेलको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार भएको हो।

हाइलाइट्स नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको गायक गिरिले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.