समाज

प्रेमिकासँगको तनावपछि युवकले सप्तकोशीमा हामफाले

माघ २८, २०७६

    इटहरी : दश वर्षदेखिको प्रेमसम्बन्धमा समस्या आएपछि तनावमा रहेका एक युवकले सप्तकोशी नदीमा हामफालेका छन्।

    सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलाका नगरपालिकाको सिमानामा पर्ने सप्तकोशी पुलबाट हाम्फालेर इटहरीका राजेश बानियाँ बेपत्ता भएका हुन्। 

    इटहरी उपमहानगरपालिका-१ घर भएका बानियाँले मंगलबार साँझ सप्तकोशीमा हामफालेपछि खोजी भइरहेको छ।

    कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्बिरसहित स्टाटस लेखेका छन्। '१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर बिनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो', उनले फेसबुकमा भनेका छन्, 'केही छैन, आशा छ सबै खुसी तिमीले पाउने छौ। गुड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौँ।'

    प्रत्यक्षदर्शीका अनुसार उनी बिहानदेखि नै बुलेट बाइकमा सप्तकोशी क्षेत्रमा ओहोरदोहोर गरिरहेका थिए। आफूले चलाएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाइक र बाइकको बिल बुक  कोशी पुलमाथि राखेर उनले हामफालेको एकजना स्थानीयले बताए। 

    हामफालेलगत्तै चतरास्थित सशस्त्र प्रहरी र प्रहरीको टोली उद्धार तथा खोजीमा खटिएका छन्। सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले बेपत्ता बानियाँको खोजी गरिरहेको छ।

    राजेशले प्रयोग गरेको बुलेट बाइक

     

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]