काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिकाबीचको खेल जारी छ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि अमेरिकाले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा अमेरिकाले ७ औं ओभरमा तीन विकेट गुमाउँदै २७ रन बनाएको छ। नेपालका लागि सन्दीप लामिछानेले दुई र सुशन भारीले एक एक विकेट लिएका छन्।
जारी एकदिवसीय शृंखलामा नेपाल र अमेरिकाको यो चौथो खेल हो। यसअघि अमेरिका ओमानसँग पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ९२ रनले पराजित भएको थियो भने नेपालसँग ३५ रनले पराजित भएको थियो। नेपाल पहिलो खेलमा ओमानसँग १८ रन र दोस्रो खेलमा आठ विकेटले पराजित भएको थियो।
नेपालले आज टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। ओमानविरुद्धको पछिल्लो खेलमा खेलेका कमलसिंह ऐरीको स्थानमा ललित राजवंशीलाई टोलीमा समावेश गरेको छ। अहिले
तपाईंको ईमेल गोप्य राखिनेछ ।