|

नेपालगन्ज : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति कायम गरेर स्थानीय निर्वाचनमा जानुपर्ने बताएका छन्। नेपालगन्जमा शनिबार बिहान पत्रकारसँगको कुराकानीमा देउवाले अहिले सरकार परिवर्तनको विषय गौण भएको बताए।

अहिलेको मुख्य काम संविधान कार्यान्वयन भएको उनले बताए। उनले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक भएको बताए। 'वर्तमान समयको आवश्यकता संविधान कार्यान्वयन हो,' पूर्व प्रधानमन्त्री देउवाले भने।

उनले अहिले देशको मूख्य विषय स्थानीय तहको निर्वाचन भएकोले सरकार परिवर्तन गर्ने विषयमा सत्तारुढ दल माओवादी केन्द्रसँग कुनै छलफल नभएको स्पष्ट पारे।'सरकार परिवर्तनका लागि कुनै सम्वाद भएको छैन,' उनले भने।

उनले आगामी वैशाख महिनाभित्र स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गरे। निर्वाचन सम्बन्धी कानून निर्माण र निर्वाचनको मिति घोषणा एक दुई दिनमै हुने बताए।

उनले आसन्‍न स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरे। देउवाको स्वागतमा शनिबार बाँकेका सांसद बादशा कुर्मीले नेपालगन्जमा चियापान कार्यक्रम आयोजना गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.