|

सिरहा : मालपोत कार्यालय लहानमा बैंक नेपाल लिमिटेडले एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकका कामु सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्का र मालपोत कार्यालय लहानका प्रमुख हरिनारायण चौधरीलेले सेवाको शुभारम्भ गरेको हुन्।

सेवा शुभारम्भ गर्दै कामु सहायक प्रमुख कार्यकारी अधिृकत खड्काले ग्राहकहरूको सुविधाका लागि नेपाल बैंकले काम गरिरहेको र मालपोत कार्यालयको एक्सटेन्स त्यस्तै एउटा उदाहरण रहेको बताए। प्रतिस्पर्धी बैंकको रूपमा ग्राहकलाई सेवा दिइरहेको बताउँदै आगामी दिनमा अझ उच्चस्तरको सेवा र सुविधा दिँदै जाने प्रतिवद्धता व्यक्त गरे। 

सो अवसरमा नेपाल बैंकका प्रदेश नम्बर २ का प्रमुख प्रतिभा डंगोलले बैंकले अघि सारेका विभिन्न योजनाबारे जानकारी गराएकी थिइन्। 

नेपाल बैंकले १७६ शाखा, २५ वटा एक्सटेन्स काउन्टर र ११६ एटिएम मेसिनबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकले चाँडै नै एटिएमको संख्या १४९ पु¥याउन लागेको र २०७७ असार मसान्तसम्म २०० शाखाबाट सेवा प्रदान गर्ने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.