|

सिन्धुपाल्चोक : जिल्लाको बाडेगाउँ डडुवाखर्क मैदानमा भएको प्रथम क्षेत्रीय डब्लुटिएफ नवलपुर युनाइटेड कप फुटबल प्रतियोगिताको उपाधि नवलपुर युवा क्लब टाकुरेले जितेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक नवलपुर युनाइटेड एलाई १–० को झिनो गोलअन्तरले हराउँदै टाकुरेले उपाधि जितेको हो।

जितसँगै नवलपुर युवा क्लब टाकुरेले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार हात पारेको छ।  दोस्रो भएको आयोजक नवलपुर युनाटेड क्लबले ५१ हजार १ सय ५१ रुपैयाँमा चित्त बुझायो। तेस्रो भएको मनशान्ती आभास क्लब मेलम्चीले २१ हजार १ सय २१ रुपैयाँ हात पार्‍यो। 

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई कार्यक्रमका प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्यन मन्त्री इन्द्रहादुर बानियाँले नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका छन्। सिन्धुपाल्चोक जिल्ला खेलकुदको क्षेत्रमा राम्रो सम्भावना बोकेको जिल्ला भएकाले सबै मिलेर खेलकुद क्षेत्रलाई माथि पुर्‍याउन आवश्यक रहेको बताए।

प्रतियोगितामा उत्कृष्ट प्रदशन गरेका ४ वटा खेलाडीलाई राष्ट्रिय क्लबमा सहभागी गराइने नवलपुर युनाइटेड क्लबका उपाध्यक्ष सुनिल लामाले बताए। लामाका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ४ जनामध्ये २ जनालाई मनाङ मयाङ्दी क्लव र २ जनालाई जाउलाखेल फुटबल क्लबमा आबद्ध गराईने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.