स्वास्थ्य मन्त्रालयको टोली घटनास्थतर्फ जाँदै

|

काठमाडौं : विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकले जुगल गाउँपलिका-३ गुम्बा फैलिएको प्रकोपलाई कोराना भाइरससँग जोडेको भन्दै सञ्चारमाध्यमहरूलाई ध्यानाकर्षण गराएको छ। जुगल गाउँपालिकाको पत्रको हवाल दिएर सञ्चारमाध्यमहरूमा आएको खबरप्रति गम्भीर ध्यानाकर्षण गराएको हो। 

जिल्ला विपद् समिति सिन्धुपाल्चोकका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकरर्षण गराएका हुन्। साथै, विज्ञप्तिमार्फत नै स्वास्थ्य मन्त्रालयको टोलीसमेत घटनास्थलतर्फ प्रस्थान गरिसकेको समेत बताइएको छ। 

प्रजिअ ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको विषयमा हालसम्म आधिकारी पुष्टि नभएको र खटिइगएका स्वास्थ्यकर्मीका टालीले समेत हाल सिजनल फ्यु भएको शंका गरिएको छ। त्यो विषयमा थप अनुसन्धानको लागि स्वास्थय तथा जनसंख्या मन्त्रालयको विशेष टोली घटनास्थलतर्फ आउँदै गरेका छ। सोही टोलीबाट मात्रै आधिकारिक पुष्टि हुन्छ।’ 

मौसम परिवर्तको कारणले सामान्य रुघाखोकी, ज्वरो आउँनेलगायतको प्रकोप फैलिएको समेत बताइएको छ। प्रजिक ढकालले प्रकोपलाई नियन्त्रणमा राख्नको लागि व्यक्तिगत सरसफाइमा समेत ध्यान दिन आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.