|

काठमाडौं : नायिका महिमा सिलवालको दुर्घटनामा मृत्यु भएको छ। 

बुधबार साँझ करिब पौने ५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा नायिका महिमा चढेको स्कुटरलाई ठक्कर दिँदा नायिका महिमाको मृत्यु भएको इलाका  प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए। 

बसको ठक्करबाट ढलेकी महिमालाई उपचारका लागि गजुरी स्वास्थ्यचौकी लैजादै गर्दा बाटैमा मृत्यु भएको उनको भनाइ छ। स्कुटरमा पछाडि बसेकी सर्मिला सिलवालको पनि उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको पाण्डेको भनाइ छ।   

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले 'कारवाही' चलचित्रबाट डेब्यु गरेकी थिइन्। त्यसपछि उनले  'अप्रिल फुल', 'चियर्स', 'दानव', 'जिग्लो'लगायत चलचित्रमा काम गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.