|

भोजपुर : भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा बेरिएर बालिकाको ज्यान गएको छ। 

विहीबार  टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

पीङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र  परिवारका सदस्य घरमा नभएकाले उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.