समाजवादमा पुग्‍न नदिन बुर्जुवा शक्तिको चलखेल

|

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र तत्कालीन माओवादीबीच सोच विचार गरेरै एकता भएको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय धुम्बारहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टी एकता अचानक नभएको जिकिर गरेका हुन्। 

उनले कम्युनिष्ट नेताहरूबीच नीति र नेतृत्व भएकै कारण एकता सम्भव भएको बताए। राज्य र विद्रोही शान्ति सम्झौतामा आएर यस्तो देश निर्माण गर्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको पनि उनले दाबी गरे। ‘तत्कालीन एमाले र माओवादी चार/पाँच वर्षसम्म फरक शौलीमा उत्रने गरेका थियौँ, तर, अहिले हामी एकै ठाउँमा आएका छौँ’ उनले भने। 

ऐतिहासिक एकताको आधारमा १२ बुँदे समझदारी भयो। दुई कम्युनिष्ट पार्टीबीच सहमति भएकापछि कांग्रेससँग पनि छलफल गरेका सुनाए। कांगेसलाई सहमतिमा ल्याउन दिनदिनैजसो छलफल गरेका सम्झिए। 

शान्ति प्रक्रियामा आउने कुरा सामान्य कुरा नभएको उनको भनाइ छ। त्यति धेरै हतियारर र सेनालाई छोडेर नेतृत्वप्रति गहिरो विश्वासकै कारणले शान्तिप्रक्रियामा आउन सफल भएको उनको भनाइ थियो। अध्यक्ष प्रचण्डले तत्कालीन एमाले र माओवादी कहिले शक्तिशाली कहिले कमजोर बन्दै पार्टी एकतासम्म आइपुगेको बताए। 

कतिपयले जनयुद्धको नक्कल गर्न खोजेको समेत दाबी गरे। अहिले कम्युनिष्ट एक्लैले समाजवादमा पुग्न नसक्ने दाबी गरे। बुर्जुवा शक्तिले कम्युनिष्टको विपक्षीमा निरन्तर लागेको हुनले सफल हुन सक्ने प्रष्टाए। 

उनले इतिहासमा १७ हजार मानिसको बलिदान हुने यो आन्दोलन संघर्षरत भएको बताए। कम्युनिष्ट नेतृत्वमा भएका झापा विद्रोह र माओवादी विद्रोहलाई जोडेर हुर्नुपर्ने पनि उनको धारणा छ।

उनले पार्टी एकता र संविधान निर्माण गर्दा माओवादी युद्धको सफलता प्राप्त गरेको जिकिर गरे। सही विचार र सही नेतृत्वकै कारणले गर्दा जनयुद्धको सफलता प्राप्त भएको उल्लेख गरे।   

समाजवादमा पुग्‍नका लागि नौलो तरिकाले आन्दोलन गर्नुपर्ने भन्दै जनताको पक्षमा काम गर्नुपर्ने दाबी छ। अक्ष्यक्ष दाहालले जनयुद्ध दिवसलाई समाजवादमा पुग्‍ने रणनीति तयार गर्नुपर्ने दिनको रूपमा लिनुपर्ने जिकिर गरे। आन्दोलन र क्रान्तिमा कम्युनिष्टहरू निरन्तर रुपमा सफलता हुँदै आएको उनको दाबी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.