सत्ता र शक्तिमोहले छुट्टिए जनयुद्धका सारथि

|

काठमाडौं : तत्कालीन माओवादीले पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा ०५२ साल फागुन १ बाट सशस्त्र युद्ध सञ्चालन गरेको थियो। त्यसै दिनको अवसर पारेर नेकपाले बिहीबार पार्टी मुख्यालयमा जनआन्दोलन र जनयुद्धको शहीदहरूको सम्झनामा श्रद्धाञ्‍जलीसभा कार्यक्रम आयोजना गर्‍यो।  

तर, नेकपाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागिता जनाएनन्। नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्तरूपमा सूचना जारी गरी प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै सहभागी हुने जानकारी गराएका थिए। तर, अन्त्यमा ओली कार्यक्रममा सहभागी भएनन्। 

गत वर्षको कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सहभागिता जनाएका थिएनन्। तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकता भएपछि नेकपाले दुईपटक जनयुद्ध दिवस मनाएको छ। दुवैपटक प्रधानमन्त्री ओली सहभागी भएनन्।  

 पार्टी एकता कसैको लहलहैमा भएको होइन : प्रचण्ड

ओलीको अन्तै कार्यक्रम

    प्रधानमन्त्री ओलीको अन्यत्र भेटघाटको कार्यक्रम तय भइसेका कारणले सहभागिता जनाउन नसकेको प्रधानमन्त्री ओलीको प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। 

    अध्यक्ष दाहालको नेतृत्वमा तत्कालीन माओवादीले २०५२ साल फागुन १ बाट १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको थियो। 

    जनयुद्धका क्रममा सरकार र तत्कालीन माओवादी दुवै पक्षबाट १७ हजार जनाले अकालमै ज्यान गुमाएका थिए। २०६३ मंसिर ५ गते हतियार बिसाउँदै माओवादी शान्ति प्रक्रियामा आएको थियो। 

    ‘प्रधानमन्त्री ओलीको भेटघाटको कार्यक्रममा अन्यत्र तय भइसकेको थियो। तर, पार्टी सचिवालयले दुवै अध्यक्ष आउनुहुन्छ भनेर उहाँलाई पनि ठाउँ राख्नुभएको हो’ उनले थाहाखबरसँग भने, ‘समयको व्यस्तताकै कारणले एकजना अध्यक्ष उपलब्ध भएपछि प्रधानमन्त्री ओली नजानुभएको हो।’ 

    प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल दुवैजना सहभागी हुने बताइएको भए पनि प्रधानमन्त्री ओलीको अन्तत्र भेटघाट परेकै कारणले सहभागी हुन नसकेको नेकपाका केन्द्रीय सदस्य तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ बताउँछन्। 

    ‘प्रधानमन्त्री ओलीको अन्तै कतै कार्यक्रम परेकाले सहभागी हुन नसक्नुभएको हो। त्यस्तो अन्यन्था लिनुपर्ने कुरा होइन’ उनले भने।  

    गतसाल पनि गएका थिएनन् ओली

    पार्टी एकतापछि पहिलोपटक नेकपाले २०७५ फागुन १ गते पनि नेकपाले जनयुद्ध दिवस मनाएको थियो। तत्कालीन माओवादीले सुरु गरेको जनआन्दोलनको क्रममा माओवादी पक्षले जनयुद्ध दिवसलाई प्राथमिकताका साथ मनाउँदै आएको छ। 

    तर, जनयुद्धकै अवसरमा नेकपाले नै कार्यक्रम गरिरहँदा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका छैनन्। गत साल पनि तत्कालीन एमाले र माओवादीे जनसांस्कृतिक महासंघले २४ औं जनयुद्ध दिवस प्रज्ञा भवनमा मनाएको थियो। 

    सो कार्यक्रममा तत्कालीन माओवादीबाट अध्यक्ष दाहाल लगायतका नेता सहभागी थिए। तर, तत्कालिन एमालेनिकट जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईलगायत केही नेता सहभागी थिए। 

    बिहीबारको कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभए पनि तत्कालीन एमालेबाट हाल नेकपाका उपाध्यक्ष वामदेव गौतम महासचिव विष्णु पौडेललगायत केही नेता सहभागी थिए। 

    तर, माओवादीको मुख्य नेतृत्व गरिरहेको अध्यक्ष दाहालले भने तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेर सत्ताधारी दलको नेतृत्व गरिरहेका छन्। दाहालले एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष रहेका छन्। 

    सँगै छैनन् जनयुद्धका सारथि 

    जनयुद्ध सँगै सुरु गरेको तत्कालीन माओवादीको सारथि नै अहिले फरक धारमा उभिएका छन्। जनयुद्धको सुरु गरेका अध्यक्ष दाहाल, मोहन वैद्य, बाबुराम भट्टराई, नेत्र विक्रम चन्दलगायत नेताहरू अहिले फरक धारमा उभिएका छन्। 

    तर, माओवादीको मुख्य नेतृत्व गरिरहेका अध्यक्ष दाहालले भने तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेर सत्ताधारी दलको नेतृत्व गरिरहेका छन्। दाहाल एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष रहेका छन्। 

    कम्युनिष्ट आन्दोलन टुटफुटकै श्रृंखलाबाट यहाँसम्‍म आइपुगेको जगजाहेर नै छ। सत्ता, शक्ति र अस्तित्व रक्षाका लागि साबिकका माओवादी–एमालेबीच एकता हुनुबाहेक नेपालको कम्युनिष्ट आन्दोलनमा त्यस्तो अभूतपूर्व एकता केही देखिएको छैन। 

    यद्यपि, कम्युनिष्ट आन्दोलनलाई साथमा साथ, काँधमा काँध गरेर अघि बढाएका नेताहरू अनेक वहाना र तर्कवितर्क गर्दै फुट र गुट रोज्नुलाई  आफू अरूभन्दा अब्बल क्रान्तिकारी भएको दाबी गर्छन्।

    जनयुद्धका क्रममा सरकार र तत्कालीन माओवादी दुवै पक्षबाट १७ हजार मान्छे मारिएका थिए। २०६३ मंसिर ५ गते हतियार बिसाउँदै तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएको थियो। जनयुद्धका प्रमुख नेताहरू प्रचण्ड र भट्टराईको राजनीतिक सहयात्रामा सत्तास्वादनसँगै फरक-फरक धारमा लागे।

    त्यस्तैगरी, मोहन वैद्य पनि प्रचण्डसँग छुट्टिएर अलग्गै पार्टीको नेतृत्‍व गरिरहेका छन्।  परम्परागत राज्यसत्ताविरुद्ध बन्दुक उठाएका नेताहरू नै अहिले एकअर्कोलाई माथ गर्न फरक पार्टीमा फरक रणनीति बनाइरहेका छन्।

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.