ब्लग

उनको त्यो प्रेम प्रस्ताव‍‍...

फागुन २, २०७६

    जाडो महिना एउटा बिहानी। मौसम थियो। सिरसिर चिसो बतास मुटु नै लुकलुक कमाउने गरी चलिरहेको थियो। चिसोलाई भुल्न म कोठामा कफीसँग एक्लै रम्दै बसिरहेको थिएँ। अकस्मात् मेरो फोनमा घण्टी बज्यो। 

    म मोबाइल खोज्न लागेँ। राख्ने ठाउँ निश्चित भए पो सहजै भेटिन्थ्यो। खोज्दा खोज्दै फोन काटिइसकेछ। म मोबाइल खेलाउँदै आफ्नै धुनमा कफीसँग रम्दै थिएँ। पुनः त्यही नम्बरबाट फोन आयो। झस्किँदै फोन उठाएर हजुर भनेँ। तर, उताबाट केही आवज आएन, चिनेको नम्बर पनि त थिएन।  

    धेरैपछि फोनबाट सुरिलो स्वरमा निरन्तर दुई चार पटक हेलो! हेलो!! को आवाज मेरो कानमा गुञ्जियो। कोइलीको भन्दा कम्ता सुरिलो थिएन त्यो स्वर। उनको बोलीमा पनि त्यति नै मिठास थियो। बिहानीपख भएर होला, राम्रोसँग निद्रा पनि खुलेको थिएन। अपरिचित केटीको सुरिलो बोली सुनेपछि म ब्युउँझिए। 

    मैले उनलाई राम्रोसँग चिन्न सकिनँ। तर, उनले मलाई पूरै चिने जस्तै गरी बोलिन्। कुराकानी लम्बिँदै गयो। मेरो बारेमा सबै कुरा फोनबाटै सुनाइन्। त्यही एउटा फोनपछि हाम्रो कुराकानी बाक्लिँदै गयो। फोनमा कुरा हुँदै गर्दा एकदिन उनले मलाई भेट्ने प्रस्ताव गरिन्। 

    निरन्तर फोनमा हुने कुरा र उनको सुन्दर बोलीले मलाई पनि भेट्ने उत्साह जागेर आयो। उनको प्रस्तावलाई सहर्ष स्विकार्दै उनले भनेकै दिन, भनेकै ठाउँ, अझ भनौँ सबै उनकै रोजाईमा भेट्ने योजना बन्यो।

    जाडो महिनाको गोधुली साँझमा उनीसँग पहिलो भेट भयो। ‘उनी’ र ‘म’ फोनमा लामो समय बोल्यौँ। फोनमा सुनेको स्वर भन्दा धेरै राम्री रहिछिन्। झट्ट, हेर्दा सिनेमाको हिरोइन भन्दा कम देखिन मैले। 

    लाग्छ, भगवानले पनि उनिलाई फुर्सद मिलाए रै बनाएको जस्तो। उनलाई देख्दा पहिलो भेटमै भित्र भित्रै हराउन पुगेछु। 

    बेलुकी पख। जाडो महिनाको गोधुलि साँझमा उनिसँगको पहिलो मेरो भेट भयो। ‘उनि’ र ‘म’ लामो फोनमा सुनेको उनको बोली भन्दा धेरै राम्री रहिछिन्। झट्ट, हेर्दा सिनेमाको हिरोईन भन्दा कम देखिन् मैले। लाग्छ, भगवानले पनि उनिलाई फुर्सद मिलाए रै बनाएको जस्तो। उनलाई देख्दा म पहिलो भेटमा नै भित्र भित्र हराउँन पुगेछु। 

    उनलाई देख्दा मेरो मन भरंग भइसकेको थियो। जाडो महिना भएर पनि म पसिनाले भिजेको थिएँ। उनलाई के भयो होला? मलाई जस्तै भयो कि भएन। के सोच्दै होलिन्? न उनको कुरा  मलाई थाहा छ न त मेरो कुरा नै उनलाई ? मैले बुझ्न पनि चाहिनँ। 

    पहिलो भेट भएकाले उनलाई के भनेर कुरा गर्ने भन्नेमा अन्यौलमा थिएँ म। उनले पनि मलाई एकोहोरो हेरिरहिन्। मलाई लाग्छ, हामी दुईबीचमा एउटै समस्या भए जस्तो। पहिला के भनेर बोलाऊँ। कुन शब्द प्रयो गरौँ। 
    बडो साहस बटुलेर म नै अगाडि बोल्छु भन्दा भन्दै उनैले बोलाइन्। आउनुस् न बस्नुस। उनी पहिल्यै त्यहाँको कुर्सीमा बसिसकेकी रहिछन्। र, म पनि त्यहीँ पुगेर बसेँ। 

    वेटरले के लिनुहुन्छ भन्दै मेनु तेर्स्याए। मैले जाडोमा बेलुकीको मौसमसँग जुध्न कफिसँगै रम्ने भन्दै ब्ल्याक कफी अर्डर गरेँ। मेरो रोजाईलाई उनले पनि सहर्ष स्विकार्दै मुन्टो हल्लाइन्। 

    ‘ब्ल्याक’ कफीसँग रम्दै उनको त्यो मधुर मुस्कानमा म हराउँदै गएँ। मिठासयुक्त बोलीमा लठ्ठिएँ। गफमा पनि उनलाई कसैले ट्युसन नै दिएर पठाए जस्तै लाग्यो। अगाडि सुन्दरी देखेपछि गफ हान्न त मलाई पनि कसले सिकाउनु पर्छ र? 

    चिसो बताससँग उनको मिठो बोलीमा हराउन थालेपछि मलाई पनि के चाहिन्थ्यो र? हामी कफीमा रम्दै गफिन थालेको झन्डै तीन घण्टा बितेछ। समय गएको पत्तै पाएनौँ।

    तीन घण्टा बितेपछि मलाई भने भर्खरै भेटेको जस्तो भान भइरहेको थियो। त्यसदिन हामी गफिँदा गफिदै फर्कियौँ। जाडो महिना। त्यसमा पनि साँझको मौसम। भेटेको ठाउँबाट डेरासम्म पुग्न आधी बाटोेसम्म सँगै हिड्नु पर्ने रै’छ। 

    उनले मेरो हात च्याप्प समातिन् र हिँड्न आग्रह गरिन्। जाडो महिनाको साँझपख चलेको सिरेटोको हामीलाई प्रवाह भएन। आफ्नो गन्तव्यतर्फ लम्किरह्यौँ। उनको साथ मलाई र मेरो साथले उनलाई न्यानोपन दिएको थियो।यति भएपछि अरु के चाहियो र?

    हिँड्दा हिँड्दै उनको र मेरो छुट्ने ठाउँ आइपुगिसकेछ। छुट्न मन त कहाँ हुन्थ्यो र? बाध्यतावश उनले मेरो हात छोडिन्। रुन्चे स्वरमा मलाई हेर्दे नहेरी बाईबाई भनिन् । र, आजको हाम्रो भेट पनि टुंगियो।

    उनिले मेरो हात च्याप्प समातिन् र मलाई हिड्न आग्रह गरिन्। जाडो महिनाको साँझपख चलेको शिरेटोको हामीलाई कुनै प्रवाह भएन। आफ्नो गन्तव्यतर्फ लम्करह¥यौँ। उनको साथ मलाई र मेरो साथ उनलाई मिलेको थियो। त्यसपछि कसको के लाग्छ र? नभन्दै उनको र मेरो छुट्ने ठाउँ आईपुगिसकेछ। छुट्न मन त कहाँ हुन्थ्यो र? बाध्यताबस उनले मेरो हात छोडिन्। हात छोड्दै रुन्चे स्वरमा मलाई हेर्दे नहेरी भनिन् वाई।

    आफ्नो घर पुगेपछि फेरि हाम्रो दैनिकी फोन र फेसबुकमा जोडियो। हिजोसम्म अपरिचित हामी भेटमासमेत गफिन भ्याइसकेका थियौँ। त्यसपछि झन् के चाहियो र? 

    केही दिनमा नै फेरि भेट्ने योजना बन्यो।दुवैलाई भेट्ने आकांक्षा जागिसकेको थियो।

    दोस्रो भेटमा उनलाई प्रेम प्रस्ताव राख्ने मनसायका साथ गएको थिएँ।  दोस्रो भेट भएकाले हामी दुवैलाई असहज भएको थिएन। 

    म भन्दा पहिल्यै उनी हामीले भेट्ने निश्चय गरेको ठाउँमा पुगेकी रहिछन्। दोस्रो भेटमा उनी आफैंले मेनु हेरेर खाजा खाने कुरा गरिन्। मैले उनैको रोजाईमै हस् भने। उनले दुई प्लेट चिकेन मःम मगाइन्।

    मम:सँगै रमाइला गफमा थियौँ। मम:पछि बसाई लामै हुने ठानेर कफी पिउने निर्णय गयौँ। हाम्रो कुरा चल्दै गयो। उनले फोनमा पहिल्यै एउटा कुरा भन्छु भनेकी थिइन्। मैले पनि उनलाई मेरो कुरा भन्ने फोनमा नै बताइसकेको थिएँ। 

    कसले पहिला भन्नेमा हामीबीच अलमल भयो। मैले 'लेडिज फस्ट' भनेर उनैलाई प्राथाकिता दिए। उनले भनेको कुरा सुनेर रिसाउन नपाउने शर्त तेर्‍स्याइन्। मैले हुन्छ भनेँ।

    भन्छु भन्छु भन्दै थिइन्। तर, धेरै बेर अलमलिएपछि हिम्मतका साथ भनिन् 'आइ लभ यु...'

    म रोमाञ्चित भएँ। मैले जे भन्छु भनेर गएको थिएँ, उनैबाट पनि त्यही पाएँ...

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]