|
फाइल फोटो

काठमाडौं : सरकारले  ११औं तहका तीनजना चिकित्सकसँग स्पष्टीकरण मागेको छ।

मन्त्रिपरिषद्‍बाट बिदा स्वीकृत नगराई कार्यालयमा नआइ धेरै समय सम्पर्कमा नआएको भन्दै प्रमुख कन्सलटेन्ट नाक काथ तथा घाटी रोग विशेषज्ञ सर्जन डा. ढुण्डीराज पौडेल, प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विष्णुप्रसाद पौडेललाई स्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार स्वास्थ्य मन्त्रालयका सचिवमार्फत स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो।

बिहीबार सिहंदबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने कार्यक्रमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले तीनजना चिकित्सकसँग सरकारले स्पष्टीकरण माग्ने निर्णय गरेको बताएका हुन्। स्वास्थ्य सेवा ऐन र नियमावलीअनुसार स्वास्थ्य मन्त्रालयका सचिवमार्फत स्पष्टीकरण माग गर्ने निर्णय गरेको बताइएको छ।

वीर अस्पतालमा कार्यरतडा पौडेलले केही समय अघि सरकारी सेवाबाट राजीनामा दिने भन्दै राजीनामा दिएका थिए। उनको राजीनामा भने स्वीकृत भएको थिएन। उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गर्नु पर्ने हुन्छ। तर, सरकारले भने राजीनामा स्वीकृत नभएको अवस्थामा लामो समयसम्म कार्यलयमा उपस्थित नभएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.