सञ्चारमन्त्री भन्छन् : ‘सिजीका मालिक भाग्‍यमानी रहेछन्'

|

काठमाडौं : सिजी टेलिकम्युनिकेसनको लाइसेन्सको विषयलाई लिएर सरकार र चौधरी ग्रुपबीच भएको वादविवाद सतहमा आएको छ। सरकारले चौधरी ग्रुपको स्वामित्व रहेको सिजी कम्युनिकेसनमाथि छानविन गर्ने जनाएको छ। 

बिहीबार मन्त्रिरपरिषद्को नियमित साप्ताहिक पत्रकार सम्मेलनको क्रममा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गरिब जनतालाई देखाएर लिएको ऋणको दुरुपयोग भएको संकेत गरेका हुन्।

‘एसटिएम खरिद गरेपछि सिजीमाथि दायित्व पनि आएको हुन्छ, तत्कालीन एसटिएमले विस्तार गर्नुपर्ने ५३४ गाविसमा विस्तार गर्नुपर्ने सेवा के कस्तो अवस्थामा छ, भिसिआट प्रविधि कहाँ छ, सम्पत्ति कति हिनामिना भएको छ त्यसको छानविन हुन्छ,’ उनले भने। उनले एमसिसीको उदाहरण दिँदै सर्तअनुसारको काम पूरा नभए रकम फिर्ता दिनुपर्ने बताए।' अनुदान फिर्ता नमागिएला तर सर्तअनुसाको काम नभए त रकम जान्छ नि, अहिलेको बहुचर्चित एमसिसी पनि यही हैन' बाँस्कोटाले भने। 

उनले सिजीलाई लाइसेन्स लिनका लागि प्रक्रियाअनुसार आउन आग्रह गर्दै ढोका हुँदाहुँदै झ्यालबाट आउनु प्रक्रियाविपरीत भएको दाबी गरेका छन्। लाइसेन्स दिने प्रतिबद्धताको विषयमा आफू साक्षी नबसेको उनको भनाइ थियो। बर्सिलोनामा भेट भएका क्रममा विदेशीसँग मिलेर काम गर्नु राम्रो हो मात्रै भनेको उनले बताए। 

उनले सिजीका मालिकहरू भाग्यमानी भएको पनि बताएका छन्। 'अरूले लगानी गर्दा जोखिम मोल्नुपर्छ, सिजीका मालिकहरू भाग्‍यमानी हुनुहुन्छ, अरूले कम्पनी  उहाँलाई सरकारलाई ऋण काढेर दिएको छ' बाँस्कोटाले भने। 

राज्यले दिएको रकमबाट कति उपकरण किनेको र अहिलेसम्म कति काम भयो? भन्दै उनले प्रश्‍न पनि तेर्साएका छन्। उनले यही काम कर्मचारी वा मन्त्रीले गरेको भए भ्रष्टचार खेप्नुपर्ने पनि प्र‍स्ट पारे। यही अवस्थामा सिजीमाथिको पनि छानविन हुने भन्दै कागज अध्ययन भइरहेको उनले बताए। 

सम्बन्धित समाचारहरू :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.