खेलकुद

ए डिभिजन लीग : आज तीन खेल

फागुन २, २०७६

    काठमाडौं : सहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज पनि ३ वटा खेल हुँदैछन्। अन्तिम चरणका खेल अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको पहिलो खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी प्रतिस्पर्धामा उत्रिएका छन्। 

    जारी लिगमा हिमालयन शेर्पा ११ अंकसहित ११ औँ स्थानमा छ भने एनआरटी १५ अंकसहित नबौँ स्थानमा छ।  सातदोबाटोमै दिउँसो सवा १२ बजे हुने दोस्रो खेलमा थ्री स्टार र च्यासल युथ क्लब भिड्दैछन्। थ्री स्टारले १२ औँ चरणका खेल सकिँदासम्म २३ अंक जोडेको छ। उ अंक तालिकाको चौथो स्थानमा रहेको छ। च्यासल १५ अंकसहित आठौँ स्थानमा छ। 

    आजको अन्तिम खेलमा साढे ३ बजे जावलाखेल युथ र मनाङ मस्र्याङ्दी भिड्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।  जावालाखेल १९ अंकसहित छैटौँ स्थानमा छ भने मनाङ मस्र्याङ्दी २५ अंकसहित तेस्रो स्थानमा रहेको छ। यी दुई टोलीबीचको खेल पनि सातबोटोमै हुने भएको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]