|

काठमाडौं : अन्तिम चरणमा पुगेको सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ।

शुक्रबार बिहान ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको आफ्नो अन्तिम खेल शेर्पाले एनआरटीलाई २-१ गोल हराउँदै आफ्नो पक्षमा पारेक हो।

खेलमा अग्रता भने एनआरटीले बनाएको थियो। खेलको ३० औँ मिनेटमा एनआरटीका लागि राजेश परियारले गोल गर्दै अग्रता दिलाएका थिए। उनले डिबक्स नजिकैबाट गरेको प्रहारले सीधै जाली चुमेको थियो।

तर खेलको ४१ औं मिनेटमा शेर्पाले बराबरी गर्न सफल भयो। हिमालयनका लागि विदेशी खेलाडी स्टेफन समिरले डिबक्स भित्रबाट तीनजना डिफेन्डरलाई बिट गर्दै गोल गरे।

त्यसपछि हिमालयनले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै अग्रता २-१ बनाउन सक्यो। त्रिदेव गुरुङले डिबक्स भित्रबाट गोल गरेपछि शेर्पाको जित पक्का भयो। 

एनआरटीलाई हराएपछि हिमालयन शेर्पा क्लब १४ अंकसहित तालिकाको दशौं स्थानमा उक्लिएको छ। एनआरटी १५ अंकसहित लिगको नवौं स्थानमा कायमै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.