काठमाडौं : फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपतिनाथ क्षेत्रमा साधुसन्तको चहलपहल बढ्दैछ। शिवरात्रिमा नेपालका विभिन्र भागबाट मात्र नभइ भारतका विभिन्न स्थानबाट पनि हजारौंको संख्यामा साधुसन्तहरु पशुपतिनाथ क्षेत्रमा आउने गर्छन्।
भारतका विभिन्न स्थानबाट आउने साधुहरुका लागि पशुपति क्षेत्र विकास कोषले खाने र बस्ने व्यवस्था गरेको छ। भगवान् शिवको प्रिय वस्तु दूध‚ धतुरो र बेलपत्र चढाउने गर्छन्। फागुन ९ शुक्रबार महाशिवरात्रि पर्व रहेको छ।
पशुपतिनाथ क्षेत्रमा रहेका साधुबाबाका विभिन्न प्रकारका गतिविधि हेर्न र उनीहरूका क्रियाकलापहरू हेर्न आउँछन्। केही साधुहरू खरानीले छोपिएका हुन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।