शनिबार ११ बजे सम्बोधन गर्ने

|

काठमाडौं : राष्ट्रिय सभाका सदस्यको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज सार्वजनिक महत्वको विषयमा संसदमा गर्ने भनिएको सम्बोधन रोकिएको छ ।

राष्ट्रियसभाका बहालवाला सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  

सम्बोधन भोलि बिहान ११ बजे बस्ने बैठकमा गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । 

उपाध्यायको निधनपछि शोक परेकाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित गर्न माग गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । 

यसअघि प्रतिनिधिसभाको आज दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।  

प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत् आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्षमा सरकारले गरेका कामको प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.