अर्थ : कर्पोरेट

कालिकोटका विद्यार्थीलाई मेगा बैंकको वित्तीय साक्षरता

फाइल फोटो
फागुन २, २०७६

    काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले कालिकोटका विद्यार्थीका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ।

    कालिकोटको खाडाचक्र नगरपालिकाको ताडीस्थित जनजीवन माध्यमिक विद्यालयका विद्यार्थीका लागि मेगा बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो। कार्यक्रममा मेगा बैंकका कालिकोट शाखा प्रबन्धक धनराज पौडेलले वित्तीय साक्षरता र वित्तीय जागरण, दैनिक जीवनमा बैंकको महत्व, आर्थिक समृद्धिका लागि बैंकिङ सेवाको महत्वका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराएका थिए।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष दानबहादुर विश्वकर्माले विद्यार्थी र शिक्षकलाई वित्तीय जागरण गराइदिएकोमा मेगा बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै कार्यक्रमको निरन्तरताका लागि आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]