|

दमक : प्रदेश-१ सरकारले सीमा सुरक्षालाई प्राथमिकता दिएको दावी गरेको छ। यसैक्रममा सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट निर्माणले तीव्रता पाएको छ। प्रदेश-१ सरकारले हालसम्म नेपाल-भारत सीमा क्षेत्रमा २५ ओटा बोर्डर आउट पोष्ट निर्माण गरेको प्रदेश सरकारले जनाएको छ।

झापाको गौरीगञ्ज गाउँपालिका-१ कुञ्जिबारीको सिमा क्षेत्रमा निर्माण गरिएको बोर्डर आउट पोष्ट उद्घाटनका क्रममा प्रदेश-१ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सो जानकारी दिएका हुन्।

उद्घाटन कार्याक्रममा मन्त्री कार्कीले सीमा सुरक्षाका लागि प्रदेश सरकारले हालसम्म २५ वटा बोर्डर आउट पोष्ट निर्माण गरी सकेको र चाडै नै ३१ वटा पुर्‍याउने सरकारले योजनाअघि सारेको पनि जानकारी दिए। बिओपी निर्माणले सीमा क्षेत्रमा हुने अवैध कारोवार, अबान्छनीय गतिविधि नियन्त्रण र जनधनको सुरक्षामा सहयोग पुगेको उनको भनाइ थियो।

मन्त्री कार्कीले तराईमा ७ देखि १० किलो मिटर फरकमा रहेको बिओपीलाई एक अर्काबीच जोड्ने सडक र प्रहरी परिचालनका लागि आवश्यक यातायतको समेत व्यवस्थापन गर्ने जनाए।

प्रदेश-१ का सशस्त्र प्रहरी प्रमुख डिआइजी नगेन्द्रबहादुर थापाले गत वर्ष थालेका १२ वटा बिओपी पूरा भएको र मोरङ, झापा र इलामगरी पुन पोष्ट निर्माणका लागि ३ स्थानमा जग्गा प्राप्ति भइसकेको जानकारी दिएका छन्। बिओपी प्रदेश सरकारको १ करोड ७१ लाखमा  ५ वटा भवन र मेससहितका संरचना बनाइएको हो।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.