|
फाइल फोटो

काठमाडौं : खुलामञ्चस्थित दुईमाजु मन्दिरभित्रको पसल हटेको छ। व्यापारीले ऐतिहासिक मन्दिरभित्र अनधिकृत ढंगले पसल सञ्चालन गरेको चौतर्फी विरोधपछि पसल हटेको हो।

काठमाडौं महानगरपालिकाले गत कात्तिक महिनामा ती पसलमा ताला लगाएको थियो। काठमाडौं महानगरपालिका २८ वडाका अध्यक्ष भाईराम खड्गीले मन्दिरभित्रका सबै पसल हटेको बताए।

‘मन्दिरभित्र सञ्चालित सबै पसलहरू हटेको छ,’ उनले भने, ‘एक महिनाअघि नै अन्य व्यापारीले पसल हटाएका थिए। एक वृद्धा महिलाले मात्रै पसल राखेको थियो। अहिले उनले पनि पसल हटाइसकेको छ। अबदेखि मन्दिरलाई संरक्षण गरिने छ।’ सबै व्यापारीहरुले सामान उठाएर मन्दिरका पसल खाली गरेपनि टहरा भने भत्काइएको छैन।

गुठी संस्थान शाखा कार्यालय काठमाडौंले पुस २३ गते नै खुलामञ्चमा रहेको दुईमाजु मन्दिर परिसरको टहरा सात दिनभित्र हटाउन ठेक्का पाएका अमृता भट्टराईलाई निर्देशन दिएको थियो। तर, अहिलेसम्म पनि भत्किन सकेको छैन। अध्यक्ष खड्गीले भने खाली पसलका टहराहरू पनि छिट्टै भत्काउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.